बस्यालको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका प्रदेश कमिटी सदस्य तथा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख दयाराज बस्यालको मृत्युप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । 

प्रधानमन्त्री ओलीले शनिबार एक विज्ञप्ति जारी गर्दै बस्यालको निधनले अत्यन्त दुःखी भएको बताएका छन् । उनको मंसिर ५ गते उपचारको क्रममा निधन भएको थियो । 

तानसेनको मिशन अस्पतालमा उपचारका क्रममा फोक्सोमा पानी भरिएको देखिएपछि थप उपचारका लागि काठमाडौँ लगिएको थियो । 

बस्याललाई मधुमेह र उच्च रक्तचापको समस्या रहेको थियो । २००९ साल बगनासकाली गाउँपालिकाको यम्घामा जन्मेका बस्याल कम्युनिष्ट पार्टीको संगठन, शिक्षक आन्दोलन, सामाजिक जागरणको अभियानको रुपमा परिचित थिए । बस्याललाई पञ्चायतले शिक्षण सेवाबाट बर्खास्त गरेपछि २०४३ सालमा औपचारिक राजनितीमा लागेका थिए ।

प्रधानमन्त्री ओलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘उहाँको निधनले शोकमा पर्नुभएका परिवारजन र आफन्तमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर