• आइतबार ३-२१-२०७७/Sunday 07-05-2020/ 04:21 pm

पोखराको समग्र विकासको सारथी बन्छु : विद्या भट्टराई

पोखरा । कास्की निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा नेकपाका उम्मेदवार विद्या भट्टराई अधिकारीले पोखराको समग्र विकासमा आफू सारथी बन्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । 

पोखरा महानगरपालिका–२० भलाममा घरदैलो कार्यक्रमपश्चात् आज आयोजित चुनावीसभामा उहाँले चुनावमा जीतसँगै यस क्षेत्रका भौतिक पूर्वाधार विकास एवम् जनताका आधारभूत आवश्यकतालाई प्राथमिकताका साथ अघि बढाइने आश्वासन दिए । 

संविधानले व्यवस्था गरेको महिला हकअधिकारको संरक्षणमा आफू लाग्ने जनाउँदै उनले युवा शक्तिको सीप र महिलाको सशक्तीकरण ‘समृद्ध नेपाल, सुखी नेपाली’को आधार भएको बताइन् । 

स्व रवीन्द्र अधिकारीको उत्तराधिकारीका रुपमा र महिला नेतृत्व स्थापित गर्न पार्टीले आफूलाई उम्मेदवार बनाएको बताउँदै उनले आप्mनो जीतसँगै संविधान कार्यान्वयनमा जोड दिइने स्पष्ट पारिन् ।

सो अवसरमा नेकपा गण्डकी प्रदेश सहइन्चार्ज एवम् पूर्वमन्त्री खगराज अधिकारीले भलाम क्षेत्रलाई मध्य पहाडी लोकमार्गले जोडेसँगै विकास निर्माणले काँचुली फेर्ने बताउँदै यस क्षेत्रको समग्र विकास निर्माणमा पार्टी र सरकारको ध्यानाकर्षण भएको जानकारी दिए ।

नेकपा केन्द्रीय सदस्य एवम् कास्की इन्चार्ज राजकाजी गुरुङले संस्कृतिमन्त्री हुँदा रवीन्द्रले नै राजनीतिसँगै संस्कृति पनि रुपान्तरण गर्नुपर्छ भनेर कदम चाल्नुभएको बताए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पदको दुरुपयोग, तत्कालीन मन्त्री प्रभु साहद्वारा एउटै टोलमा ३२ करोड बजेट 

  • २० असार, २०७७

गौर । सहरी विकास मन्त्रालयबाट रौतहटको गरुडा नगरपालिका वार्ड न. ५ को शिवनगर आसपास मात्र ३२ करोडको सड़क ढलान भईरहेको छ । रौतहट क्षेत्र नम्बर ३ का सांसद

प्रमुख प्रतिपक्ष दलको विरोध, मन्त्रालयकाे रातो किताब पढ्न संसदमा अनुपस्थित

  • २० असार, २०७७

सुर्खेत । कर्णाली प्रदेश सभाको छैटौं अधिवेशनको २३ औँ बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस अनुपस्थित भएर विरोध जनाएको छ । शनिवारको बैठकमा

प्रदेशसभा सदस्यले बन्दाबन्दीमा यातायात खर्च नलिइने

  • २० असार, २०७७

पोखरा । नेपाली काँग्रेसका तर्फबाट गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यले बन्दाबन्दी अवधिको यातायात खर्च नलिने भएका छन् ।