• बुधबार ८-२५-२०७६/Wednesday 12-11-2019/ 06:10 am

दुर्लभ : दुई टाउको र तीन हात भएको बच्चा जन्मियो

तस्विर : स्पटनिक न्यूजबाट

एजेन्सी । भारतकाे मध्यप्रदेशको भिडिशा जिल्लाको एक गाउँमा एक महिलाले दुई वटा टाउको र तीन वटा हात भएको बालकको जन्म दिएकी छन् । 

भिडिशा जिल्ला अस्पतालमा आइतबार जन्मिएको उक्त बच्चाको अल्ट्रासाउन्डमा एउटा मात्र मुटु देखिएको त्यहाँका चिकित्सकले बताएका छन् । यद्यपि, दुई महिनाअघि महिलाको गर्भको सोनोग्राफी गरी हेर्दा जुम्ल्याहा बच्चा हुनसक्ने चिकित्सकले बताएको उनको श्रीमानको भनाई छ । 

बच्चाको हाल अस्पतालको आइसियु कक्षमा जटिल उपचार भइरहेको बताइएको छ । यस्तै एक दुर्लभ अर्को घटना भारतकै राजस्थानमा सन् २०१६ मा देखिएको सञ्चारमाध्यमले जनाएका छन्, जहाँ दुई वटा टाउँको भएको साढे दुई केजीको स्वस्थ्य बच्चा नन्मिएको थियो, तर जन्मिएको २३ घण्टापछि उसको मृत्यु भएको थियो ।

विश्वमा बार्षिक करिब ७ करोड ९ लाख जन्ममा करिब ६ प्रतिशत यस्तो गम्भिर जन्म दोषका साथ बच्चा जन्मिछन् भने यीमध्ये ९४ प्रतिशत जन्म मध्य वा निम्म आय भएका देशहरुमा देखिने ‘मार्च अफ डाइम्स’द्वारा प्रकाशित विश्वव्यापी रिपोर्टमा बताइएको छ । 

भारतको राष्ट्रिय स्वास्थ्य पार्टलले आफ्नो वेबसाइटका अनुसार, भारतमा जन्म दोषको सम्भावना ६–७ प्रतिशत रहेको छ । 

सबैभन्दा आम जन्म दोषमा जन्मजात हृदय रोग, जन्मजात बहिरोपन र न्यूरल ट्युब डिफेक्ट रहेको सन् २००६ मा प्रकाशित मार्च अफ डाइम्सको रिपोर्टले देखाएको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

प्याज किन्न लाइनमा उभिएको किसानको मृत्यु 

  • २४ मङ्सिर, २०७६

एजेन्सी । नेपालमा मात्रै होइन भारतमा पनि प्याजको बढ्दो मूल्यले उपभोक्ता हैरान छन् । प्याजको भाउले साधारण किसानको गोजीलाई मात्रै रित्याएन, भारतमा एक

भारतको ओडिशामा ७२ वर्षीया वृद्धाले शौचालयलाई बनाइन् घर

  • २४ मङ्सिर, २०७६

मयुरभञ्ज । भारतको ओडिशा राज्यको मयुरभञ्ज जिल्लामा एक ७२ वर्षीया आदिवासी वृद्धा राज्य सरकारबाट बास पाउन असफल भएपछि विगत तीन वर्षदेखि शौचालयमा

एक फोन कम्पनीलाई २४ हजारपटक फोन गरेपछि ७१ वर्षीय वृद्ध पक्राउ

  • २२ मङ्सिर, २०७६

एजेन्सी । जापानको राजधानी टोकियोमा एक फोन कम्पनीलाई २४ हजारपटक फोन गरेपछि एक वृद्ध पक्राउ परेको प्रहरीले जनाएको छ ।  आकिटोसी ओकामोटो नामक ७१ वर्षीय