प्रारम्भिक बालविकास बाध्यकारी : मुख्यमन्त्री राउत

धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रारम्भिक बालविकासको अधिकार कार्यान्वयनका लागि बाध्यकारी कानून बनाइने जनाउनुभएको छ । 

‘प्रारम्भिक बालविकासको लागि प्रदेशसभा सदस्यको समन्वय समूह’ ले आज आयोजना गरेको परामर्श कार्यक्रमको उद्घाटन गर्दैै मुख्यमन्त्री राउतले भविष्यका कर्णाधार बालबालिकाको विकासको क्रम आमाको गर्भबाटै शुरु हुने भएकाले उनीहरुको स्वास्थ्य र सक्षम हुने अधिकारलाई बाध्यकारी कानूनमार्फत स्थापित गर्नुपर्ने बताए ।

उनले बालविकासका लागि आवश्यक कानूनको खाका तयार पार्न आग्रह गर्दै ती कार्यक्रममा बजेटको अभाव हुन नदिने प्रतिबद्धतासमेत जनाउनुभयो । प्रदेशमा सञ्चालनमा रहेको ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रममा बालविकासको लागि छुट्टै अभियान चलाउनुपर्नेमा पनि उनले जोड दिए ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर