• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

उदयपुरमा कटुवा पेस्तोलसहित एक युवा पक्राउ 

उदयपुर । उदयपुरमा कटुवा पेस्तोलसहित एकजना युवा पक्राउ परेका छन् । उदयपुरको बेलका नगरपालिका–३ सातपत्रे भन्ने स्थानमा सातपत्रेबाट रामपुरतर्फ जाँदै गरेको स१त ७४४० नम्बरको ट्र्याक्टरलाई रोकेर सोही स्थान बस्ने १९ वर्षीय मनोज खत्रीले ट्र्याक्टरमा काम गर्ने सोही स्थानका १८ वर्षीय विश्व खड्कालाई ट्र्याक्टरबाट ओराली हातपात गर्दै कटुवा पेस्तोल देखाएको सूचनाका आधारमा प्रहरी पुग्दा खत्रीलाई पेस्तोलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

घटनामा थप एकजनाको समेत संलग्नता रहेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएपछि ती व्यक्तिको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर