• आइतबार ३-२१-२०७७/Sunday 07-05-2020/ 05:23 pm

चिसो बढ्यो, हिमाली भेगमा हिमपात

बाजुरा । जिल्लाका उच्च हिमाली भेगमा हिमपात भएको छ । हिमाली भेगमा हिमपात शुरु भएसँगै जिल्लामा चिसो बढेको छ । हिमपात बिहीबार साँझदेखि शुरु भएको हो । हिमाली भेगमा हिमपातसँगै तल्लो क्षेत्रमा पानी पर्न थालेको छ ।
    
असोजपछि पहिलोपटक पानी पर्न थालेको हो । आकाशको पानीले खेती गर्नुपर्ने हुँदा किसानले हालसम्म पनि पाखो जमीनमा हिउँदे खेती गरेका छैनन् । पानी पर्न थालेपछि किसानलाई केही आश थपिएको कृषि ज्ञान केन्द्र बाजुराका कृषि प्रशासन अधिकृत मीनप्रसाद जैशीले जानकारी दिए । 

किसान आकाशे पानी कुरिरहेका छन् तर उच्च हिमाली भेगमा परेको हिमपातसँगै चिसोले जनजीवन सामान्य भए पनि प्रभावित बनेको छ । बिहीबार साँझपखबाट एकाएक मौसम बदली भएको थियो । अहिले बिहानसम्म बाजुराको आकाशमा घामसमेत देखिएको छैन् । बडिमालिका, बूढीनन्दा, पोरखे, बढालेकलगायतका हिमालमा हिउँ पर्न शुरु भएको छ । 

बूढीगङ्गाका गाउँमा विशषेज्ञ सेवा 

जिल्लाको बूढीगङ्गा नगरपालिकाले गरिब तथा विपन्न परिवारलाई लक्षित गरी गाउँमा विशषेज्ञ सेवा सञ्चालन गरेको छ । आर्थिक अभावले रोग पाली बसेका अति विपन्न समुदायलाई लक्षित गरी गाउँमै सेवा सञ्चालन गरेको हो ।
    
चिकित्सक नै गाउँमा पु¥याएर सेवा दिने गरी विशषेज्ञ स्वास्थ्य सेवा सञ्चालन गरिएको बूढीगङ्गा नगरपालिका स्वास्थ्य शाखा संयोजक दीपक शाहले बताउनुभएको छ । नगरपालिकाले घरमै पुगेर उपचार सेवा शिविर सञ्चालन गरे पनि विशषेज्ञ नै लिएर पहिलोपटक सेवा दिएको हो । 
    
नगरपालिकाभित्रका १० वटै वडाका प्रत्येक बस्तीमै पुगेर सहज सेवा उपलब्ध गराउने लक्ष्य नगरपालिकाले लिएको छ । दिन बिराएर सेवा सञ्चालन गर्ने निर्णय स्वास्थ्य शाखाको छ । सेवा दिन बिहीबारदेखि नगरपालिकाको केन्द्र रहेको ५ नम्बर वडाबाट शुरु गरेको छ ।

आर्थिक अभावले रोग पाली बसेका र स्वास्थ्य संस्था टाढा भएर उपचार सुविधा लिन नसकेका वृद्धवृद्धा, महिला, असाहय, अशक्तलाई उपचार सेवामा पहुँच पु¥याउने लक्ष्यसहित सेवा दिन थालिएको संयोजक शाहको भनाइ छ । नगर कार्यपालिकाको निर्णयअनुसार नै वार्षिक कार्यक्रमका रुपमा सेवा दिने काम थालिएको हो । विशषेज्ञ स्वास्थ्य सेवा दिन एमडिजिपी डाक्टर दुर्गाराज महर्जनसहितको टोली खटिएको छ । टोलीले बिरामीको चेकजाँच, आवश्यक परामर्श र औषधि दिने कार्य गरेको छ ।
    
गाउँमा उपचार सम्भव नभएको बिरामीलाई थप उपचारका लागि रिफर गर्ने र अति विपन्न समुदायको भए नगरपालिकाले नै उपचार सुविधा दिने गरेको बताइएको छ । सबैको स्वास्थ्य संस्थामा सहज पहुँच नहुने र उपचारका लागि आर्थिक समस्या पनि देखिने भएकाले गाउँमै विशषेज्ञ पठाएर सेवा दिन थालिएको नगर प्रमुख दीपकविक्रम शाहले बताए । 
    
बूढीगङ्गा नगरपालिकाले यसै साता कुपोषित बालबालिकाको तथ्याङ्क सङ्कलन गर्न र घरघरमा स्वास्थ्य शिक्षा दिन टोली पठाएको थियो । रासस
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पदको दुरुपयोग, तत्कालीन मन्त्री प्रभु साहद्वारा एउटै टोलमा ३२ करोड बजेट 

  • २० असार, २०७७

गौर । सहरी विकास मन्त्रालयबाट रौतहटको गरुडा नगरपालिका वार्ड न. ५ को शिवनगर आसपास मात्र ३२ करोडको सड़क ढलान भईरहेको छ । रौतहट क्षेत्र नम्बर ३ का सांसद

प्रमुख प्रतिपक्ष दलको विरोध, मन्त्रालयकाे रातो किताब पढ्न संसदमा अनुपस्थित

  • २० असार, २०७७

सुर्खेत । कर्णाली प्रदेश सभाको छैटौं अधिवेशनको २३ औँ बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस अनुपस्थित भएर विरोध जनाएको छ । शनिवारको बैठकमा

प्रदेशसभा सदस्यले बन्दाबन्दीमा यातायात खर्च नलिइने

  • २० असार, २०७७

पोखरा । नेपाली काँग्रेसका तर्फबाट गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यले बन्दाबन्दी अवधिको यातायात खर्च नलिने भएका छन् ।