• बिहीबार ८-२६-२०७६/Thursday 12-12-2019/ 12:27 pm

जाडोमा यसरी बनाउनुस् चिकेन थुक्पा

काठमाडौं । जाडो लागेसँगै हामी धेरै झोल पदार्थ खान रुचाउँछौ । सजिलै घरम बनाउन सकिने धेरै खानेकुरा हुन्छ । त्यसको लागि हामीमा काम गर्ने जागर हुनुपर्छ । जाडोमा धेरै रुचाइने खाजाको एक रुप हो थुक्पा ।  खासगरी यो झोलीलो हुने भएकोले धेरैले खाने गर्दन् । घरमै पनि हामी थुक्पा बनाएर खान सक्छौ । 

चाहिने सामाग्री :

थुक्पा एक प्याकेट,

खुर्सानीको धुलो एक सानो चम्चा,

गरम मसला एक ठूलो चम्चा,

काटेको हरियो प्याज एक ठूलो चम्चा,

गाँजर मसिनो गरी काटेको एककप,

क्याप्सिकन(रातो, हरियो,पहेंलो) एक कप,

बेसार सानो चम्चाको एक चम्चा,

मसिनो टुक्रा बनाएर काटेको एक ठूलो चम्चा लसुन,

एक ठूलो चम्चा अदुवा,

एउटा रातो ठूलो प्याज मसिनो लामो आकारमा काटेको,

३ वटा हरियो खुर्सानी लामो आकारमा काटेको,

काटोको बन्दा एक कप,

मसिनो काटेको एक ठूलो चम्चा धनियाँ,

हड्डी नभएको चिकेन २०० ग्राम,

तेल ३ ठूलो चम्चा,

एउटा कागती,

बनाउने तरिकाः 
थुक्पालाई चार मिनेट जति उमालेर एउटा भाँडोमा राख्ने, एउटा भाँडोमा तेललाई राम्रोसँग तताउने । त्यसमा अदुवा लसुन राख्ने, अनि बेसार राखेर चलाउने । हल्का खैरो भएपछि चिकेन राखेर राम्रोसँग चलाउने र फ्राई हुन छोडिदिने । राम्रोसँग फ्राइ भएपछि प्याज, हरियो खुर्सानी, मसला, नून राखेर पकाउने । त्यसपछि टमाटर राखेर पकाउने, टमाटर गल्न सुरु भएपछि सबै भेजिटेवल्सहरु राखेर ५ मिनेट जति पकाउने, त्यसपछि आवश्यकताअनुसार पानी राख्ने र उमाल्ने । अनि उसिनेको थुक्पालाई त्यसमा राखेर १ मिनेट जति पकाउने । अब थुक्पा तयार भयो । यसमा धनियाँले सजाउनुहोस् र कागतीको रस पनि राख्नुहोस् र सर्व गर्नुहोस् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

यी हुन् यौन सम्पर्क नगर्दा आउने समस्याहरु

  • २५ मङ्सिर, २०७६

काठमडौं । यौनको  विषय विवाहित र अविवाहित सबैका लागि लागू हुन्छ । विवाहित व्यक्ति पनि सधैं शारिरीक सम्पर्क गर्न सक्षम हुनसक्छन् भन्ने हुँदैन । तर,

जाडोमा सुन्तला खाँदा यी रोगका विरामीलाई पुग्छ फाइदा

  • २४ मङ्सिर, २०७६

एजेन्सी । फलफूल स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ । त्यसैले हामीले सकेसम्म मौसम अनुसार फलफूल खानु उपयुक्त हुन्छ । अहिले जाडोको मौसम, जाडोमा

चिसोमा घाँटी दुखाइबाट बच्न यस्ताे गर्नुस् 

  • २१ मङ्सिर, २०७६

 काठमाडौं ।  चिसोका कारण घाँटीमा समस्या उत्पन्न हुन्छ । यो समस्या हामीमध्ये धेरैले भोगिरहेको समस्या हो । घाँटी किन दुख्छ ? यसको अनेक कारण हुन्छ