झ्याल फुटाएर भागेका दुई बालक पक्राउ परे 

विराटनगर । विराटनगर–३ स्थित बाल सुधार गृहको तीन तला माथिको झ्याल फुटाएर भागेका बाल बिझ्याँइकर्ता दुई जना बालकहरु पक्राउ परेका छन् । सुधार गृहबाट भागेको चार दिनपछि दुवै जना बालकलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु दुवै जनालाई झापा र मोरङको दुई फरक ठाउँबाट एकै दिन पक्राउ गरेको प्रहरीले जनाएको छ । 

मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले मोरङ प्रहरीबाट खटिएको विशेष टोली दुवै जनालाई पक्राउ गर्न सफल भएको जानकारी दिए ।

ज्यान मार्ने उद्योग गरेको अभियोगमा झापा गौरदह नगरपालिका –११ का १६ वर्षीय बालक र  जवरजस्ती करणी मुद्दामा मोरङ सुन्दरहरैचना नगरपालिका– ७ गोठगाउँका १७ वर्षीय बालकलाई पुर्पक्षकालागि बाल सुधार गृहमा राखिएको थियो । 

झापा गौरदहका बालकलाई शुक्रबार राती र मोरङका बालकलाई शनिबार विहान पक्राउ गरिएको हो । पक्राउ परेका दुवै जनालाई प्रहरीले सोधपुछ गरिरहेको मोरङ प्रहरीले जनाएको छ । 
झापा जिल्ला अदालतको २०७६ साउन १६ गतेको आदेशपछि ज्यान मार्ने उद्योगको अभियोग लागेका बालक सुधार गृहमा थिए । जबरजस्ती करणीको अभियोगमा अर्का बालक २०६७ असार ५ गते सुधार गृह पठाइएको थियो । दुवै जना सोमबार बिहान सुधार गृहको तीन तला माथिको झ्याल फुटाएर भागेका थिए । 

विराटनगरमा रहेको बाल सुधार गृहमा प्रदेश १ का १४ जिल्लाहरूका १ सय ४८ जना बालबालिकाहरु रहेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर