• बुधबार ८-२५-२०७६/Wednesday 12-11-2019/ 06:36 am

समाजमा देखिएको गुणात्मक परिवर्तन जनयुद्धले ल्याएको हो : मुख्यमन्त्री शाही 

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले समाजमा देखिएको गुणात्मक रुपान्तरण जनयुद्धले ल्याएको बताएका छन्  । कर्णाली प्रदेशमा पहिलो पटक आयोजना गरिएको प्रथम दलित संसदको उद्घाटन समारोहलाई सम्वोधन गर्दै मुख्यमन्त्री शाहीले समाजमा देखिने सवै खाले विभेदको अन्त्यका लागि जनयुद्धको भुमिका महत्वपुर्ण रहेको दावी गरेका थिए । 

मुख्यमन्त्री शाहीले संघीयताको अभ्यासवाट सामाजिक विभेदको अन्त्य हुने विश्वास व्यक्त गरेका थिए । उनले  संघीयताको अभ्यासले दलित, महिला, जनजाति तथा सिमान्तकृत समुदायको राज्यसंचालनमा सहभागिता वृद्धि भएको, नेतृत्व क्षमताको विकास भएको वताए । 

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा जातीय विभेद लगायत सवै खाले सामाजिक विभेद अन्त्यका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको वताएका थिए  । ‘कुराले मात्रै सामाजिक विभेद अन्त्य हुने होईन’ प्रदेश सरकार सवैखाले सामाजिक विभेद अन्त्यका लागि व्यवहारिक रुपमै लागेको वताउदै मुख्यमन्त्री शाहीले भने –‘आवश्यक वजेट सहित ठोस कार्यक्रम प्रदेश सरकारले अगाडि वढाएको छ ।’

मुख्यमन्त्री शाहीले महिला, दलित, जनजाति तथा सिमान्तकृत समुदायमाथिको विभेद पुर्णरुपमा अन्त्य गर्न आर्थिक रुपमा आत्मनिर्भर वनाउनुपर्ने आवश्यकता औंल्याएका थिए । 

उनले महिला, दलित, जनजाति तथा सिमान्तकृत समुदायको आयआर्जन तथा रोजगारीका अवसरहरु श्रृजना गरि आर्थिक रुपमा सवल वनाउन प्रदेश सरकारले ‘मुख्यमन्त्री रोजगार कार्यक्रम’, ‘मुख्यमन्त्री दलित तथा महिला आयआर्जन कार्यक्रम’, ‘वैंक खाता छोरीको, सुरक्षा जीवनभरिको कार्यक्रम’ लगायतका कार्यक्रमहरु ल्याएको वताएका थिए । 

मुख्यमन्त्री शाहीले प्रदेश सरकार गम्भिरतापुर्वक सामाजिक विभेद अन्त्यको अभियानमा लागेको वताउदै सहकार्यको लागि सवै सामाजिक संघसंस्थाहरुलाई आग्रह गरेका थिए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

न्यायपालिकालाई स्वतन्त्र हुन दिनुपर्नेमा प्रधानन्यायाधीशको जोड

  • २४ मङ्सिर, २०७६

बुटवल । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले न्यायपालिकालाई स्वतन्त्र हुन दिनुपर्नेमा जोड दिएका छन । उनले आफू नेपाल बार एशोसिएसनको भावना विपरित

गैंडा पार्कको शिलान्यास

  • २४ मङ्सिर, २०७६

चितवन । विश्वमा नै दुर्लभ मानिने एक सिगे गैडा संरक्षण गर्नका लागि चितवनको मेघौलीमा मेघौली गैंडा उद्यान (राइनो पार्क) को आज शिलान्यास गरिएको छ

प्रयाप्त विद्युत उत्पादन भएपछि सौर्य उर्जामा खर्च नगर्ने महानगरको निर्णय

  • २४ मङ्सिर, २०७६

विराटनगर । विराटनगर महानगरपालिकाले यो वर्षदेखि वैकल्पिक उर्जा अन्तरगत सौर्य बत्तिमा लगानी नगर्ने भएको छ । चालु आर्थिक वर्ष २०७६÷७७ मा