• बुधबार ८-२५-२०७६/Wednesday 12-11-2019/ 07:11 am

राम कलेवा विधिसंगै विवाहपञ्चमी महोत्सव सम्पन्न [फोटोफिचर]

जनकपुरधाम । रामजानकी विवाह महोत्सवको अन्तिम दिन रामकलेवा मनाइएको छ । भारतको अयोध्याबाट आएका जन्तीलाइ जानकी मन्दिर परिसरमा विभिन्न पकवान खुवाएर राम कलेवा मनाइएको छ ।

महोत्सवको अन्तिम दिन रामकलेवामा जानकी मन्दिरमा साधुसन्तलाई विशेष भोजन गराउने परम्परा छ । रामकलेवामा विवाहमा वरातीको रुपमा आएका पाहुनाहरुलाई मिस्ठान भोजन गराउने गरिन्छ ।

भोजन पश्चात साधु संतलाई दक्षिणा आदि प्रदान गरी विधिवत रुपमा विदाई गरिएको छ । यस वर्ष मंसिर १० गतेदेखि सुरु भएको सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव सोमबार रामकलेवा विधिसंगै  समापन भएको छ ।

राम कलेवाको मुख्य आकर्षण मौहक 
जानकी मन्दिरमा विवाह सम्पन्न भएपछि प्रत्येक वर्ष झैँ फेरी जानकी रामको भएकी छन् । विवाहपछि मिथिलाञ्चलमा बेहुलालाई  खीर खुवाउने परम्परा रहेको छ । जसलाई मिथिलाञ्चलमा मौहक समेत भन्ने गरिन्छ । मौहक अर्थात राम कलेवा विधि समेत जनकपुरधाममा विवाहपञ्चमी महोत्सव अन्तर्गत सम्पन्न भएको छ ।

मौहकका लागि रघुवर चारै भाई जानकी मन्दिरको प्राङ्गणमा बनाइएको मडवामा बसेर खीर ग्रहण गरे । मड़वालाई सजाउने कुनै आवश्यता थिएन  । राति विवाह भएकै मडवामा बसाएर चारै भाईलाई खीर खुवाइयो । मौहक विधि चलिरहेकै समयमा मिथिलानी नारीहरुले गीतकै माध्यमले राम, भरत, लक्ष्मण, शत्रुध्न तथा अयोध्यावासीलाई जिस्काए ।

संगी पुछियौ ग दुलहा रुसल छथि किए
जनकपुरसन बजार घडी मिलए हजार
बिना अर्थक मनोरथ पुरबै कोना
संगी पुछियौ ग दुलहा रुसल छथि किए
जनकपुरसन बजार सुट मिलए हजार
संगी पुछियौ ग.......

मिथिलाञ्चलमा मौहकका लागि लगाइएको खीर बेहुलाले सहजै नखाने परम्परा रहेको छ । रामले खीर खान नमानेपछि मिथिला नारीहरु गाउँछन् ।

खीरके अनादर नहि करियौ यौ दुलहा
खीरके अनादर नहि करियौ
खीरके उपरमे बरफी राखल अछि
कोहवरमे मिलत असर्फी यौ दुलहा
खीरके अनादर नहि करियौ यौ दुलहा......

राजा जनकको भूमिकामा रहेका जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले भगवान रामलाई कोशेली दिएपछि खीर खान शुरु गरे पछि फेरी गीत गाउने महिलाहरुको टोलीले गाए ।

खीर खाउ यौ दुलहा, खुब मटाउ यौ दुलहा
अपन चोटकल चोटकलसन गालके फुलाउ यौ दुलहा
मैया पुछत बौवा दुबर छी किए
अहाँ अपन साउसके नाम नहि हँसाउ यौ दुलहा
खीर खाउ यौ दुलहा.....

रघुवर चारै भाईका साथै अयोध्याबाट आएका जन्तीहरुलाई समेत आदरका साथ भोजन ग्रहण गराइयो । जन्ती तथा राजा दशरथलाई समेत गीत गाउने महिलाहरुले मैथिली परम्परा अनुसार लोकगीत डहकन गाएर गाली गरे । सो हास्यपरिहासको माहौलले जानकी मन्दिरको वातावरणलाई अदभूत बनाएको थियो । यो राम कलेवा विधिसंगै साताव्यापी विवाहपञ्चमी महोत्सव सम्पन्न भएकोछ । रामकलेवामा सहभागी जन्तीहरुलाई कपडा, प्रसाद आदि दिएर विदाई गरेका थिए ।

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पाल्पामा सांस्कृतिक रमझमसहित मनाइयो न्वागी पर्व [फोटोफिचर]

  • १० मङ्सिर, २०७६

पाल्पा । पाल्पामा नयाँ धान भित्राएपछि मनाईने न्वागी पर्व हराउादै गएको बेला तिनाउ गाउँपालिका २  झ्याङ्गलाबासीहरुले भने यो पर्वलाई दशै तिहार

साग तयारी : प्रधानमन्त्री अस्पताल भर्ना हुँदा अर्थमन्त्रीले गरे खेलस्थलको निरीक्षण (फोटोफिचर)

  • १० मङ्सिर, २०७६

काठमाडौ । अर्थमन्त्री डा युवराज खतिवडाले १३ औं साग २०७६ को तयारीको स्थलगत निरिक्षण गरेका छन् । यसअघि प्रधानमन्त्री केपी ओलीले स्थलगत निरिक्षण गर्ने

मन्त्रिपरिषद् विस्तारदेखि पदभार ग्रहणसम्म ... [फोटोफिचर]

  • ५ मङ्सिर, २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । केही नयाँ अनुहार ल्याउनका लागि प्रधानमन्त्री ओलीले पुरानालाई