• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

आइसीयूबाट प्रधानमन्त्रीको भिडियो सन्देश : बोल्न र साथिभाईसंग कुरा गर्नसक्ने अवस्थामा छु

काठमाडौं । त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्बारे जानकारी दिएका छन् । 

उनले साृेमबार एक भिडियो सन्देश जारी गर्दै आफ्नो स्वास्थ्यबारे जानकारी दिएका हुन् । सामाजिक सञ्जालमा उनले जारी गरेको भिडियो सन्देशमा उनले आफू हप्ता दशदिन आफू उपचारमा रहेको जानकारी दिए । उनले आफ्नो स्वास्त्य राम्ररी अगाडी बढेको बताए । उनले भने–‘मेजर अप्रेसनपछि पनि म बोल्न सक्ने, साथिहरुसुंग कुरा गर्न सक्ने अवस्थामा छु ।’

उनको मगलबार एपेण्डिसाइटिसको अप्रेसन गरिएको थियो ।

आफूले आइतबारको १३ औं ‘साग’को उद्घाटन समारोह पनि पूरै हेरेको उनले सुनाएका छन् । ‘हुनसक्छ कि सक्दैन भन्ने द्विविधा समाप्त भएकामा खुसी लाग्या छ’ उनले भनेका छन्, ‘मैत्रीपूर्ण खेलबाट देशको इज्जत अगाडि बढाउन र क्षेत्रीय मित्रता अगाडि बढाउन म नेपाली खेलाडीहरु र सार्क क्षेत्रका खेलाडीहरु, सबैलाई आग्रह गर्दछु ।’

प्रधानमन्त्रीको संबोधनको 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर