• शनिबार ३-२०-२०७७/Saturday 07-04-2020/ 08:19 pm

ब्राजिल र अर्जेन्टिनाबाट आउने स्टील र आल्मुनियममा कर वृद्धि गर्ने ट्रम्पको घोषणा

ब्राजिलकाे एक आल्मुनियम उद्याेग

वासिंटन । अमेरिकाले ब्राजिल र अर्जेन्टिनाबाट आयात हुने स्टील तथा आल्मुनियममा कर वृद्धि गर्ने घोषणा गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार गरेको ट्वीट सन्देशमा ब्राजिल तथा अर्जेन्टिनाबाट आयात गर्ने स्टील, आल्मुनियम लगायतका सामानमा अमेरिकी प्रशासनले कर वृद्धि गर्न लागेको बताएका हुन् ।

सन्देशमा भनिएको छ, ‘ब्राजिल र अर्जेन्टिनामा व्यापक मुद्रा स्फीति भएको र अमेरिकी किसानले उनीहरूको सामान खरिद गर्दा यसको प्रभाव अमेरिकी अर्थतन्त्रमा परेको देखिएकोले त्यहाँबाट खरिद हुने स्टील, आल्मुनियमलगायतका सामानमा कर वृद्धि गर्न लागिएको हो ।’ 

उनले थपे, ‘निर्णयलाई बिलम्ब नगरिकन कार्यान्वयनमा ल्याइनेछ ।’

अमेरिकी ट्रम्प प्रशासनले हरेक कुरामा ‘अमेरिका प्रथम’ भन्ने नीतिलाई अघि सार्दै यस अघि चीन, जापान, भारत, मेक्सिकोलगायतका देशबाट आयात गर्ने सामानहरूमा पनि कर वृद्धिको घोषणा गरेको थियो । एएफपी

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

भारतमा चट्याङबाट मृत्यु भएका परिवारलाई चार लाख भारतीय रुपैयाँ दिइने घोषणा

  • २० असार, २०७७

एजेन्सी । भारतको बिहार राज्यले चट्याङ मृत्यु भएकाको परिवारलाई चार लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिने भएको छ । समाचारमा जनाइएअनुसार उक्त राज्यका

मेक्सिकोद्धारा अमेरिकासँगको सीमा कडा गर्न माग

  • २० असार, २०७७

एजेन्सी । मेक्सिकोका अधिकारीहरुले अमेरिकातर्फको सिमाना बढी कडा गर्न अमेरिकासँग माग गरेका छन् । पहिले पहिले अमेरिकाले मेक्सिकोसँगको सीमा

अमेरिकासँग वार्ता असान्दर्भिक : उत्तर कोरिया

  • २० असार, २०७७

एजेन्सी । उत्तर कोरियालाई वासिशङ्टनसँग पुनः वार्ता शुरू गर्नुपर्ने कुनै महशुस नभएको प्योङयाङका उच्च कूटनीतिज्ञले शनिबार बताए । दक्षिण कोरियाले