ग्लोबल आइएमई बैंकलाई अर्थमन्त्रीको सुझाव - ठूलोसँगै स्मार्ट बन्नुहोस्

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले जनतासँग मर्जरपछि बनेको ग्लोबल आइएमई बैंकलाई स्मार्ट बैंक बन्न सुझाएका छन् । उनले ठूलो मात्रै नभई स्मार्ट बैंक बन्नुपर्ने बताए ।  

'ग्लोबल आईएमई बैंक ठूलो बैंक भएकोमा बधाई छ, जनतासँग मर्ज भएर मोटाउन त सजिलै भो, अब स्मार्ट बैंक बनाउनु होस् ।’ शुक्रबार जनता बैंक र ग्लोबल आइएमई बैंकको एकीकृत कारोबार शुभारम्भ गरेको गर्दै अर्थमन्त्री खतिवडाले भने । उनले बैंक ठूलो भएसँगै व्यवस्थापकीय चुनौती पनि थपिने भन्दै त्यसका लागि बैंक सञ्चालक समिति र व्यवस्थापन चनाखो हुनुपर्ने बताए ।

अर्थमन्त्री खतिवडाले ग्लोबल र जनताको मर्जबाट पाठ सिक्दै अन्य बैंक तथा वित्तीय संस्थाले पनि त्यतातर्फ अघि बढ्न आग्रह गरे । 

मर्जरपश्चात बैंकको नाम ग्लोबल आइएमई बैंक लिमिटेड रहेको छ । नयाँ बनेको ग्लोबल आइएमई बैंक चुक्ता पुँजी, निक्षेप संकलन, कर्जा प्रवाहलगायतमा मुलुककै ठूलो बैंक बनेको छ । दुवै बैंक मर्जर पछि बन्ने ग्लोबल आइएमइ बैंकको प्राथमिक पूँजी २४ अर्ब  पुगेको छ । कुल निक्षेप २ खर्ब १३ अर्ब भन्दा बढी र कुल कर्जा लगानी १ खर्ब ९४ अर्ब पुगेको छ । 

त्यस्तै बैंकमा ३ हजार २ सय कर्मचारी, ८ सय ४० सेवा केन्द्र, २५९ एटिएम काउन्टर पुगेका छन् ।  

मर्जरपछि बन्ने ग्लोबल आइएमई बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृतमा हाल जनता बैंकका पर्शुराम कुँवर क्षेत्री रहने छन् । सात सदस्यीय नयाँ सञ्चालक समितिमा ग्लोबलबाट ५ जना र जनताबाट २ जना सञ्चालक रहनेछन् ।  
 

ऐतिहासिक बिग मर्जर : ग्लोबल आइएमई र जनता बैंकको शुरु भयो एकीकृत कारोबार

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर