• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

सिलिन्डबाट ग्यास लिक भई आगलागी हुँदा वृद्धको मृत्यु

मोरङ । मोरङको विराटनगर महानगरपालिका–२ सनिहाट चोकनजिकै सिलिन्डरबाट ग्यास लिक भई आगलागी हुँदा एकजना वृद्धको मृत्यु भएको छ । 

काठमाडौंमा परिवारसहित बस्दै आएका अन्दाजी ७०–७५ वर्षका जयप्रसाद दाहाल शनिबार बेलुकी विराटनगरस्थित आफ्नै घरमा आएर बसेकोमा आज बिहान साढे ९ बजेसम्म पनि कोठाको ढोका नखोलेपछि र कोठाबाट धुवाँ बाहिर आएको देखेर कोठा भाडामा बस्नेहरुले तत्काल प्रहरीमा खबर गरेका थिए । 

खबर प्राप्त हुनसाथ घटनास्थलमा पुगेको वडा प्रहरी कार्यालय विराटनगरको प्रहरी टोलीले दाहाललाई कोठाभित्र जलेर मृत्यु भएको अवस्थामा फेला पारेको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर