अनुष्का श्रेष्ठलाई अक्सफोर्डको प्रश्न –‘के सुन्दरताले पुरस्कार पाउँछ ?’

एजेन्सी । ‘मिस वर्ल्ड’मा सहभाी हुन विश्वका विभिन्न देशबाट  प्रतिनिधित्व गर्दै १२४ सुन्दरीले अक्सफोर्ड युनियन भ्रमण गरेका छन् । अक्सफोर्ड युनियनमा ती प्रतिस्पर्धी सुन्दरीहरुलाई विभिन्न प्रश्न सोधियो र त्यसमा वादविवाद गर्न लागाइएको थियो ।

नेपालबाट प्रतिनिधित्व गरिहेकी मिस नेपाल अनुष्का श्रेष्ठ पनि यस्तो प्रश्न गरिएको थियो –‘के सुन्दरताले पुरस्कार पाउँछ ?’ यो प्रश्नमा अनुष्काले सुन्दरताले मात्र पुरस्कार पाउन नसक्ने बताएकी छिन् । उनले भनेकी छिन–‘सुन्दरता भनेको प्रतिबिम्ब मात्र हो ।

यो हरेक मान्छे अनुसार फरक फरक हुन्छ । बाहिरी आवरण हेरेर मात्र सुन्दरताको मुल्याङ्कन गर्न मिल्दैन । सुन्दरता त्यही हो जसले तपाईलाई खुसी बनाउँछ ।’डिसेम्बर १४ मा बेलायतमा आयोजना हुने यो प्रतिस्पर्धाले विश्वको ध्यान तानेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर