रणवीर र आलियाको फिल्म ‘ब्रह्मास्त्र’ प्रदर्शन मिति पोष्टपोन्ड

मुम्बई । अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्टको साथमा अभिनेता अमिताभ बच्चनको मुख्य भूमिका रहेको  फिल्म ‘ब्रह्मास्त्र’को प्रदर्शन मिति फेरि पछि सरेको छ । यो फिल्मको रिलिज यही बर्षको क्रिसमसमा गर्ने तयारी गरिएको थियो । तर, काम नसकिएको भन्दै अर्को बर्षको समरमा फिल्मको प्रदर्शन मिति धकेलिएको थियो ।

तर, अब यो फिल्मलाई आउँदो बर्षको अन्तिममा प्रदर्शन गर्ने तयारी गरिएको छ । यसको मुख्यकारण, भीएफएक्सलाई नै मानिएको छ । फिल्मको छायांकन मनालीमा भैरहेको छ । यसपछि, फिल्मको एक गीतको छायांकन गर्न बाँकी नै रहेको निर्माणपक्षले भारतीय मिडियालाई बताएको छ ।

फिल्मका निर्देशक आयन मुखर्जी यसलाई बलिउडकै सबैभन्दा ठूलो फिल्म बनाउन चाहन्छन् । फिल्मको निर्माणटिमले कुनै पनि संझौता नगर्ने बताएको छ । यहीकारणले गर्दा फिल्मको प्रदर्शन मिति बारम्बार सरेको हो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर