• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

हृदयघातका कारण वडा सदस्यको मृत्यु

तनहुँ । तनहुँको ब्यासनगरपालिका—१० का वडा सदस्य ५३ वर्षीय हेमराज पोख्रेलको आज हृदयघातका कारण मृत्यु भएको छ । 

वडा कार्यालयको नियमित बैठक बसिरहेको अवस्थामा अचानक बेहोस भएका पोख्रेलको उपचारका लागि दमौली अस्पतालमा पु¥याउने वित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

“बैठकको उपस्थितमा सबैले हस्ताक्षर गरिसकेपछि विषय वस्तुमा प्रवेश गर्ने तरखर हुँदै थियो”, ब्यासनगरपालिका—१० का वडाध्यक्ष तुलसीराम सापकोटाले भने, “कुर्चीमा बस्नु भएका पोख्रेल अकस्मात बेहोस हुनुभयो ।”  

“वडा सदस्य पोख्रेल शुरुदेखि नै प्रेसर र दमको समस्या रहेछ”, उनले भने ।

अध्यक्ष रुचाल पक्राउ 
नेत्रविक्रम चन्द निकट मानिने विद्यार्थी भातृ सङ्गठन अखिल क्रान्तिकारी तनहुँकी जिल्ला अध्यक्ष ममता रुचाललाई प्रहरीले आज पक्राउ गरेको छ । 

सदरमुकाम दमौलीबाट ब्यासनगरपालिका—१ भादगाउँ तर्फ जाँदै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेकी  रुचालमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर