• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

सियान र मोदीबीच भगिनी सम्बन्ध

पर्वत । पर्वतको मोदी गाउँपालिका र मित्रराष्ट्र चीनको सियान शहरकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । 

मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल र सियान उपमहानगरपालिकाका सेक्रेटरी झाङ विगौलेले यस सम्बन्धी समझदारीपत्र आइतबार हस्ताक्षर हस्ताक्षर गरेका हुन् ।

सो अवसरमा राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले दुवै नगरका जनताबीच पर्यटन, संस्कृति, कूटनीतिक सम्बन्धलाई थप बढवा दिँदै नेपाल–चीन सम्बन्धमा थप नयाँ आयाम ल्याउन दुई नगरबीच भगिनी सम्बन्ध स्थापना भएको बताए ।

उनले दुबै नगरबीच हुने आर्थिक, पर्यटन, सांस्कृतिक आदानप्रदानले दुई नगरबीचको सम्बन्ध अझ बढी प्रगाढ हुने विश्वास व्यक्त गरे ।

मोदी गाउँपालिकाका अध्यक्ष पौडेलले प्राकृतिक हिसाबले समानता रहेका दुई नगरकाबीच भगिनी सम्बन्ध कायम हुनु ऐतिहासिक घटना भएको उल्लेख गर्दै यो सम्बन्ध विकास र समृद्धिका लागि महत्वपूर्ण खुड्किलो हुने विश्वास व्यक्त गरे ।

सियान उपमहानगरका सेक्रेटरी झाङले प्राकृतिक सम्पदाले भरिपूर्ण नेपालको मोदी गाउँपालिकासँग स्थापना भएको भगिनी सम्बन्धले आफूहरु अत्यन्त खुशी भएको उल्लेख गर्दै यो सम्बन्ध दुबै पक्षको विकासका लागि महत्वपूर्ण खुड्किलो हुने विश्वास व्यक्त गरे ।

सम्झौतापत्रले दुवै सहरका जनताले समानताका आधारमा सांस्कृतिक, आर्थिक, शैक्षिक, पर्यटन, सहरी विकास र जनताबीच सहयोग आदानप्रदान गरी दुवै नगरको आपसी हित र सम्बन्धलाई प्रवद्र्धन हुने बताइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर