• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

अबको गुठी विधेयक सरोकारवाला, गुठियारा र सरकारको सहमतिको दस्तावेज हुन्छ : मन्त्री अर्याल

काठमाडौं । सरकारले नयाँ भूमि विधेयक बनाउनका निम्ती छलफल प्रक्रियाको थालनी गरेको छ । गुठि सहितको नयाँ एकीकृत भूमि विधेयक ल्याउनका निम्ती भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आज (मंलबार) गुठीसँग सम्बन्धित सरोकारवाला, विज्ञहरूसँग छलफल गरेको हो । 

मन्त्रालयले अन्तरक्रिया कार्यक्रमको आयोजना गरी सरोकारावा, विज्ञहरूको सुझाव लिएको हो । त्यस अवसरमा सरोकारावालाहरूले । गुठीको भावना नमर्नेगरी गुठी विधेयक ल्याउन आग्रह गरेका थिए । 

त्यस अवसरमा सरोकारवालारविज्ञको सुझाव सुनेपछि भूमि व्यवस्था, सहकारी तथा  गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले अब आउने भूमि विधेयक सरकार, सरोकारवाला र गुठियारबीचको सहमतिको साझा दस्ताबेज हुने बताइन् । 

स्थान, क्षेत्र, ठाउँ विशेषअनुसार गुठीको पनि फरकफरक विशेषता र समस्या रहेको भन्दै मन्त्री अर्यालले  सबैको सुझावको सम्मान गरिने बताइन् । ुसबैको सुझावको सम्मान गर्छौ । अब आउने गुठी कानुन गुठियारा र सरोकारवालाहरूले चाहेकै कानुन हुनेछु, मन्त्री अर्यालले भिनन्, ुसरकार सरोकारवाला र गुठियाराको सहमतिको दस्तावेजका रुपमा अबको गुठी सम्बन्धी कानुन आउछ । यसमा सबै सरोकारवाला, विज्ञहरूको सुझाब समेटिन्छ ।ु 

मन्त्री अर्यालले विभिन्न चरणमा छलफल गरिसकेपछि सार्वजनिक सुचना माग गरेर समेत गुठी विधेयकका निम्ती सुझाब माग गरिने बताइन् । 

कार्यक्रममा बोल्दै मन्त्री अर्यालले यस विषयमा विद्धतसभाको आयोजना गर्न गुठी संस्थानलाई निर्देशन दिइन् । राम्रो कामको थालनीका निम्ती पहलकदमी लिइएको भन्दै अन्तर मन्त्रालयसँग सम्बन्धित कुरामा पनि मन्त्रालयले छलफल अगाडी बढाउने बताइन् । 

लामो समयदेखि रहेको बेथिती एकैछिनमा समाधान हुन नसक्ने भन्दै उनले यसका लागि सरकार निरन्तर रुपमा लागेको बताइन् । उनले भनिन्,‘सयौं वर्षदेखिको वेथिती छ महिना वर्ष दिनमा छुमन्तर गर्न सकिदो रहनेछ । तर हामी निरन्तर लागेका छौ । हामी सुशासनका पक्षमा हामी छौ ।’

जनताको भावनाको प्रतिनिधित्व नगर्ने विकासको बाधक बनेका कानुन परिवर्तन गरेर आजको आवश्यकताको प्रतिनिधित्व गर्ने कानुन बनाउने अभियानमा सरकार रहेको भन्दै उनले यसमा सहयोग गर्न सबैलाई आग्रह समेत गरिन् । गुठीसँग सम्बन्धित करिब ८० जना सरोकारवालारविज्ञहरूले छलफलमा सहभागी भएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर