• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

नक्सा सच्चाउन माग गर्दै बुटवलमा प्रदर्शन

बुटवल । ७१ औं अन्तराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा बुटवलमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले शान्ति ¥याली तथा बिरोध प्रदर्शन सहित सभा गरेको छ ।

भारतले नेपाली भूभाग अतिक्रमण गरेको विरोधमा शान्ति समाजले बुटवलको अस्पताललाइनदेखि ट्राफिकचोकसम्म ¥याली निकाल्दै कोणसभा गरेको हो । 
भारतले हालै प्रकाशित गरेको राजनीतिक नक्सा तुरुन्त सच्याउ, लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपाली भूभाग हो , अतिक्रमित नेपाली भूभागबाट भारतीय सेना तत्काल फिर्ता गर लगायतका नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेर प्रदर्शन गरेको जिल्ला सभापति डीपी खनालले बताए । 

बिरोध प्रदर्शनमा बोल्दै समाजका केन्द्रिय बरिष्ठ उपसभापति गोबिन्द खनालले नेपाली भूमि मिचिदा पनि सरकारले सहि ढंगले कदम नचालेको भन्दै राज्य सीमा सुरक्षामा पनि असफल भएको बताए । कार्यक्रममा कांग्रेसका नेता युवराज गिरि,समाजका केन्द्रिय सदस्य कृष्ण पंगेनी, पत्रकार बालकृष्ण चापागाइ ,समाजका सभापति डीपी खनाल,सचिब अर्जुन ज्ञवाली लगायतले बोल्दै  नेपालको भूमि फिर्ता गर्न र नक्सा सच्चाउन भारतलाइ आग्रह गरे । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर