• २०८१ बैशाख २७ बिहीबार
  • Thursday, 9 May, 2024

सागमा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीले बालुवाटार बोलाए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक विजेता खेलाडीलाई बालुवाटार बोलाएका छन् । राष्ट्रिय खेलकुद परिसरका सदस्य सचिव रमेश सिलवालले उक्त कुराको जानकारी दिएका हुन् । 

साग समापनका अवसरमा आफ्नो मन्तव्य राख्दै प्रधानमन्त्री ओलीले पदक विजेता खेलाडीलाई बालुवाटार बोलाएको जानकारी दिए । प्रधानमन्त्री ओलीले खेलाडीहरुमाझमा सागमा पदक जित्ने खेलाडीलाई पुरस्कार घोषणा गर्ने तयारी छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सफलतापूर्वक आयोजना गरेकामा संवद्ध सबैलाई धन्यवाद दिएका छन् । मंगलबार साग समापनका अवसरमा भिडियो सन्देश दिँदै उनले भूकम्पले क्षतिग्रस्त संरचना तयार पारेर साग आयोजना गर्नु ठूलो सफलता भएको बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर