• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

अध्यक्ष बमलाई भ्रष्टाचारको आरोप लगाइएको छैन - नेकपा कालिकोट

कालीकोट । नेकपा कालीकोटले कालीकोट जिल्ला पलाँता गाँउपालिका अध्यक्ष लक्ष्मण बहादुर बमलाई आर्थिक अनियमितता गरेको कारण पार्टीबाट निलम्वन गरेको भन्ने समाचार झुटो भएको बताएको छ । 

नेकपा कालीकोटका सचिव नेश्नल शाहीले समचार दैनिकसँग कुरा गर्दै भने केहि साथीहरुले ३१ बुदे आरोप पत्र ल्याएर आएको साँचो हो तर त्यो बुँदामा आर्थिक अनियमितता पनि साथीहरुले जोडेका छन्, तर पार्टीले आर्थिक अनियमितता गरेको भनेर पार्टीबाट निस्कान नगरेको प्रष्ट पारेका छन् ।

केही समय समय अगाडि केही अनलाइनमा यो समचार आएको पार्टीको आधिकारिक के हो ? भन्ने बिषयमा सचिव शाहीले ती अनलाइनहरुले आफ्नो ‘भ्युवर’ बढाउनका लागि यस्तो कू प्रचार गरेको बताए । 

उनले भने, ‘पार्टीले हेर्ने भनेको पार्टी अनुशासनको कुरा हो । हामीले आर्थिक अनियमितता हेर्ने होइन । यदि आर्थिक अनियमितता गरेको भए पनि सरकारी निकायको लेखा समिति छ, त्यो सम्बन्धी सरकारको अन्य निकाय भएकोले हामीले त्यो सम्बन्धी हेर्न मिल्दैन ।’   

यता कालीकोट जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा संसाद दुर्गा रावतले भने पार्टीको यो अधिकार नभएको बताएका छन् । बहालवाला अध्यक्षलाई पार्टीले बिना प्रमाण यस्तो आरोप नलगाउने र प्रमाण जुटेपछि भने पार्टीको निर्देशन अलग हुने उनले बताए । 

बाहिर आएको समाचारमा कुनै सत्यता नभएको उनले समचार दैनिकलाई जानकारी दिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर