• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

करणी प्रयासको आरोपमा वडाध्यक्ष  पक्राउ

सप्तरी । सप्तरीमा एक महिलामाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा प्रहरीले आज सप्तरीको शम्भुनाथ नगरपालिका–१२ का वडाध्यक्षलाई पक्राउ गरेको छ । 

वडाध्यक्ष लक्ष्मी साहलाई एक महिलामाथि जबरजस्ती करणी प्रयास  गरेको आरोपमा पक्राउ  गरिएको  प्रहरी नायब  उपरीक्षक तिलक  भारतीले बताए । उनका अनुसार विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले आज बिहान साहलाई  पक्राउ गरिएको  हो । 

स्थानीय एक महिलाले आफूलाई जबरजस्ती करणीको प्रयास गरेको भन्दै साहविरुद्ध उजुरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक भारतीले बताP . पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखी अनुसन्धान कार्य अगाडी बढाइएको  प्रहरीले  जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर