• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

साग प्रतियोगितामा खेलकुद मन्त्रालय र राखेपले भ्रष्टाचार गरेको तरुण दलको आरोप

काठमाडौं ।  नेपाल तरुण दलले १३ औं दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदक जित्ने खेलाडीहरुलाई जनही २५ लाख रुपैयाँको दरले सम्मान गर्न सरकारसँग माग गरेको छ । यस्तै रजत पदक जित्नेलाई १५ लाख र कांस्य पदक विजेतालाई १० लाख रुपैयाँको दरले सम्मान गर्नुपर्ने तरुण दलको माग छ ।

बुधबार तरुण दलका अध्यक्ष जितजंग बस्नेतले आज विज्ञप्ति जारी गरी यस्तो माग गरेका हुन् । तरुण दलले साग प्रतियोगितामा खेलकुद मन्त्रालय र खेलकुद परिषद राखेपले भ्रष्टाचार गरेको आरोप लगाएको छ ।

 ‘साग खेलकुदमा खेलाडी र प्रशिक्षकको सेवा र सुविधामा भ्रष्टाचार गर्ने खेलकुद परिषदका सदस्य सचिव एवं खेलकुद मन्त्रीलाई अविलम्ब बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरी कारवाही गर्न दल जोड्दार माग गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।

खेलाडीलाई सुविधा दिनभन्दा दौरा सुरुवाल खरिद गर्नतिर ध्यान दिनु लज्जास्पद मात्र नभएर सामान्य नैतिकताभन्दा बाहिरको निन्दनीय कार्य भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर