अनुष्का र विराटको दोस्रो वर्षगाठ आज ,विराटले भने–‘ यहाँ प्रेम मात्रै छ अरु केही छैन’ 

मुम्बई । अभिनेत्री अनुष्का शर्मा र विराट कोहलीले आज विवाह गरेको २ वर्ष पुगेको छ । उनीहरुले इटलीमा ११ डिसेम्बर २०१७ मा विवाह गरेका थिए । दोस्रो वर्षगाँठमा यी दुईले आफ्नो विवाहको तस्बिर सेयर गरेका छन् । साथै एक अर्कामा माया देखाउँदै सुभकामना बाढेका छन् ।  

अनुष्काले विवाहको फोटो सेयर गर्दै लेखेकी छिन्, ‘कोही अन्य व्यक्तिसँग प्रेम गर्नु भनेको भगवानको अनुहार देख्नु सरह हो – विक्टर ह्यूगो । प्रेम भावना मात्रै होइन, यो त्योभन्दा पनि ठूलो हो । यो एक मार्गदर्शक, एक प्रेरक र पूर्ण सत्यको मार्ग हो । ’

यस्तै विराटले पनि अनुष्का र आफ्नो फोटो सेयर गर्दै लेखेका छन, ‘वास्तवमा यहाँ प्रेम मात्रै छ अरु केही छैन । र जब ईश्वरले तपाईंलाई ती व्यक्ति आशिर्वादको रुपमा दिन्छन् तब तपाईंसँग एउटै मात्र भावना हुन्छ, आभार ।’ उनीहरुको तस्बिर सार्वजनिक भएसँगै उनका फ्यानहरुले सुभकामना दिइरहेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर