सलमानलाई बिगबोस छोड्न परिवारको आग्रह

एजेन्सी । कलर्स टेलिभिजनबाट प्रसारण भइरहेको रियालेटि शो ‘बिग बोस १३’ अन्या सिजनको भन्दा निकै चर्चामा रहदै आएको छ ।  त्यसैले कार्यक्रमले निकै राम्रो टिआरपी पाएको छ  । राम्रो टिआरपी पाएकै कारण शो निर्माता टिमले शोलाई पाँच हप्तासम्म बढाउने निर्णय पनि गरेका छ  । 

यो शो फेब्रुअरीमा समाप्त हुनेछ । केही समयदेखि स्वास्थ्यमा समस्या आएपनि उनले कार्यक्रम सञ्चालन गदै आएका थिए । भारतीय मिडियाले जनाए अनुसार लगातारको सुटिङले गर्दा सलमान फेरी विमारी परेका छन् । 

बिगबोसको यो सिजन अन्य सिजनको भन्दा निकै चुनौति पूर्ण पनि छ । सहभागी प्रतिस्पर्धीहरुले बिगबोसबो घरमा निकै झगडा गरेका छन् यसको कारण सलमानलाई रिस उठेको छ । सलमानले शो छोड्ने खबर निकै पहिलेदेखिनै आइरहेको थियो । उनी आफै पनि अब शो सञ्चान गर्न चाहदैनन । 

सलमान ट्राइजेमिनल न्यूरलजियाबाट पीडित छन । यो रोग लागेको मान्छेहरु रिसाउन नहुने एक रिर्पोटमा उल्लेख छ । सलमानको स्वास्थ्यलाई मध्यनजर गदै उनको परिवारले बिगबोस छोड्न आग्रह गरेका छन् । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर