• सोमबार ११-१२-२०७६/Monday 02-24-2020/ 07:44 pm

सुक्खा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध

जोमसोम ।  मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक आज बिहानैदेखि अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने गुइठेभिरमा सुक्खा पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सेवा अवरुद्ध भएको हो । 

शुक्रबार राति खसेको पहिरो पन्छाउन बेनी–जोमसोम–कोरला सडक आयोजनाको ठेकेदार कम्पनीका एक्साभेटर परिचालन गरिएको आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताए । 

ठूलो पहिरो खसेकाले सडक खुलाउन उपकरण परिचालन गरे पनि दिनभर लाग्ने शेरचनले बताए । देशका विभिन्न ठाउँबाट बेनी हँुदै मुस्ताङ जान हिँडेका र मुस्ताङ हँुदै बेनीतर्फ छुटेका सवारी साधन बीच बाटोमै रोकिएका छन् । 

सडक अवरुद्ध हुँदा स्थानीयवासी, मुुक्तिनाथ जाने र फर्कने तीर्थयात्री तथा पर्यटक प्रभावित भएका छन् । स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम सडकको गुइठेभिर खण्ड जोखिमयुक्त मानिन्छ । 

यो ठाउँमा पटक–पटक पहिरो खस्ने गरेको छ । यसैगरी सडकमा हिउँ जमेपछि मुस्ताङको यातायात सेवा पनि प्रभावित भएको छ । जोमसोम हँुदै उपल्लो मुस्ताङ जोड्ने सडकमा यातायात सेवा अवरुद्ध भएको छ । 

जोमसोमदेखि घाँसा र मुक्तिनाथ जोड्ने सडकमा भने हिउँ पन्छाएर सवारी सञ्चालन गरिएको छ । हिउँ खेल्न आउने पर्यटकले घरवास र होटल बुक गर्न थालेका ठिनी घरवासका अध्यक्ष जुमा थकालीले बताए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कोरियामा रहेका नेपालीको स्वास्थ्य सुरक्षामा कांग्रेसको चासो

  • १२ फाल्गुण, २०७६

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरियामा रहेका नेपालीको ‘कोरोना भाइरस कोबिड १९ को सङ्क्रमणबाट सुरक्षामा उच्च सर्तकताका

वडाध्यक्ष पौडेललाई अनशन तोड्न नौ दलको आग्रह

  • १२ फाल्गुण, २०७६

चितवन । माडीवासीका मागलाई लिएर अनशनरत माडी नगरपालिका वडा नं १ का वडाध्यक्ष कृष्णप्रसाद पौडेललाई अनशन तोड्न नौ राजनीतिक दलले आग्रह गरेका छन्

कालापानी, लिपुलेकसहित भूमि समावेश गरिएको पाठ्यक्रम अनिवार्य लागू गर्ने सरकारको तयारी

  • १२ फाल्गुण, २०७६

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपालको नक्सामा कालापानी, लिपुलेकसहित भूमि समावेश गरिएको पाठ्यक्रम अनिवार्य लागू