११ वर्षमा सुपरस्टार बनेकी एमाको कहानी

एजेन्सी । फिल्म ह्यारी पोटरमा एमा वोटसनले ह्यारीकोे एक सम्झदार साथीको भूमिका  निभाएकी थिइन । फिल्ममा मात्र होइन उनलाई वास्तविक जीवनमा पनि पढाइको निकै शोक थियो । फिल्मी जीवनमा व्यस्त हुँदा हुँदै  पनि उनी पढाईलाई विशेष ध्यान दिइनथिइन । एमाले  सानो उमेरमै आफ्नोे भविष्यको एक पाटो बनाइ सकेकी थिइन । 

आफूमा भएको कला प्रदर्शन गर्ने उनलाई एक अवसर  मिलेको थियो । जसबाट नै उनको नाम स्थापित भयो । आज उनी विश्वकै एक चर्चित अभिनेत्रीको सूचिमा परेकी छन् । उनको फिल्म ‘लिटिल युमन’ क्रिसमसमा रिलिजको तयारीमा रहेको छ । एमा वोटसनको जन्म फ्रानसको राजधानी पेरिसमा १५ अप्रिल १९९० मा भएको हो । उनको आमा बुबा दुबै जना पेसाले वकिल थिए । उनको एक भाइ पनि छन् ।

 एमा ५ वर्षकी हुँदा उनको आमा बुबाको सम्बन्ध विच्छेद भएको थियो । उनकी आमा उनलाई र उनको भाइलाई लिएर इङगल्याण्ड गएकी थिइन । तर एमा स्कुल विदाको समय आफ्नो बुबालाई भेट्न आउने गरेकी थिइन । 

उनलाई ६ वर्षको उमेर देखिनै कलाकारितामा मन जान थालेको थियो । उनी अभिनयलाई निकै गम्भिर रुपमा सोच्न थालेकी थिइन । उनी एक अभिनयको स्कुलमा भर्ना भएकी थिइन । उनी पढाईको समयबाट बचेको समयमा अभिनय सिक्न जान थालिन । उनलाई साहित्यमा पनि निकै रुची थियो । 

उनले ७ वर्षको उमेरमा कविता लेखेर राम्रो प्रसंसा पाएकी थिइन भने कविता प्रतियोगीतको विजयी भएकी थिइन । 
उनी जुन ठाउँमा अभिनय सिक्न जाने गरेकी थिइन । त्यहीको अभिनय सिकाउने शिक्षकले उनलाई फिल्मको लागि प्रस्ताव राखेका थिए । ह्यारी पोटरको पहलो किताब ‘ह्यारी पोटर एन्ड फिलोसफर्स स्टोन’ मा फिल्म निमार्ण हँुदै थियो ।

 फिल्मको लागि आवाश्यक पात्र र उमेर एमासँग मिलेको थियो । उनलाई अडिसन दिन लगाइएको थियो । उनले यस फिल्मको लागि ८ पटक अडिसन दिएकी थिइन । किताबको लेखिका जेके रोलिंग पनि फिल्मको लागि मेहेनत गरेर लागेकी थिइन । 

यो फिल्मको लागि खोजएको जस्तो पात्र एमा मिलेकी त थिइन तर हरेक पटक उनी अडिसनमा फेल हुने गरेकी थिइन । लगातारको मेहेनत पछि उनले अन्त्यमा आफ्नो प्रतिभाबाट सबैको मन जितेकी थिइन । 

नोभेम्बर २००१ मा जब  फिल्म रिलिज भयो । एक सफल फिल्मको रुपमा स्थापित भयो । फिल्म तीन विद्याका अवार्डमा मनोनित पनि भएको थियो भने एमा ११ वर्षकी उमेरमै चाइल्ड सुपर स्टार बनेकी थिइन । 

एमाले ह्यारी पोटरको सबै सिरिजमा काम गरेकी छन् । उनले २००७ मा एक बैले शुज फिल्मको म्रख्य भूमिकामा काम गरेकी थिइन । त्यो एक सफल फिल्म थियो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर