• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

वायुसेवा निगमले भ्रमण वर्ष लक्षित गर्दै जापानको नारिता र चीनको ग्वानझाउमा उडान भर्ने

काठमाडौं । नेपाल वायुसेवा निगमले जापानको नारिता र चीनको ग्वानझाउमा उडान गर्ने भएको छ । मंसिर २६ गते बसेको निगमको कार्यकारी समितिको बैठकले नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरेर दुई नयाँ गन्तव्यमा उडान गर्ने निर्णय गरेको हो ।

निगमले अहिले जापानको ओसाकामा उडान गरिरहेको  छ तर त्यहाँ भन्दा धेरै नारिताबाट यात्रु पाउने अपेक्षा छ । यस्तै लामो समयदेखि चीन उडान गर्ने तयारी गरे पनि असफल भएको निगमले ग्वानझाउमा पनि उडान गर्ने भएको हो । 

जस अनुसार जापानको नारिता मार्चको पहिलो साताबाट र चीनको ग्वानझाउ मार्चको दोश्रो साता उडान गर्ने भएको छ । यी उडान थपिएपछि पर्यटकहरुको संख्यामा उल्लेखनीय वृद्धि हुनुको साथै पर्यटन क्षेत्रमा राम्रो प्रभाव पर्ने निगमले दावी गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर