प्रदेश पाँचको नाम र राजधानी : विशेष समिति प्रतिवेदन बुझाउने तयारीमा 

बुटवल । प्रदेश नं. ५ को नामाकरण गर्न र स्थायी राजधानी तोक्ने प्रयोजनको लागि बनाईको विशेष समिति प्रतिवेदन बुझाउने तयारीमा जुटेको छ । पछिल्लो पटक भारत भ्रमण सकेपछि समितिका सदस्यहरु प्रतिवेदन बनाउन जुटेका हुन । समितिको आइतवार बैठक बसेको थियो । आइतबार बैठक पछि नै प्रतिवेदन बनाउन जुटेको समितिले सोमवार सभामुख समक्ष प्रतिवेदन बुझाउने गरी तयारीमा जुटेको छ ।

समितिका सदस्य दिनेश पन्थीका अनुसार आइतवारको समितिको बैठकमा भारत भ्रमणका समिक्ष गर्दै उपलब्धीका बारेमा छलफल भएकोे थियो । विशेष समितिले यही मंसिर २१ गते देखि  २७ गतेसम्म भारतको चण्डीगढ भ्रमण गरेको थियो । समितिका सभापति दीपेन्द्रकुमार पुन मगरले प्रतिवेदनलाई अन्तिम रुप दिन थालिएको भन्दै भोलि प्रतिवेदन वुझाइने बताए । तर समितिका अर्का एक सदस्यले प्रतिवेदन बनाउने काम वाकी रहेकाले भोलि नै बुझाउने संभावना कम रहेको बताए । 

समितिले यस अघि जिल्ला जिल्लामा गएर सुझाव संकलन पनि गरेको थियो । त्यस्तै समितिले गत असारमा विज्ञहरु तोकेको थियो । विज्ञका रुपमा शिवराम प्रधान, डा.कृष्ण प्रसाद पौडेल र डा. उद्धवराज खड्का रहेका थिए । उनीहरुले प्रदेशका सबै संभावित ठाउहरुको अध्यान गरेपछि सुझाव तयार पारेका थिए । सभापतिले विज्ञको सुझाव पनि समेटिने बताएका छन । 

विशेष समितिले प्रतिवेदन बुझाउने म्याद पछिल्लो पटक ६ महिना  र त्यस अघि दुइ पटक सम्म तीन– तीन महिनाका दरले म्याद थप गरिएको थियो । विशेष समितिको पछिल्लो पटक जेठ ३० गते  ६ महिना म्याद थप गरिएको थियो । 

यस अघि विशेष समितिले जिल्ला जिल्लाबाट सुझावहरु समेत सकलन गरेको थियो । राजधानीका लागि बुटवल, दाङ, कपिलवस्तुलगायतका स्थानका लागि सुझाव दिइएको थियो । बुटवल र दाङका वीच विवाद रहदै आएको अवस्थामा पछिल्लो पटक रुपन्देहीको सैनामैना–सालझण्डी क्षेत्रका बारेमा चर्चा शुरु भएको छ ।  त्यस्तै नामका सवालमा लुम्विनी प्रदेशका पक्षमा अत्याधिक धेरैले सुझाव राखेका थिए । प्रदेश सभाको ०७५ साउन २४ गतेको बैठकमा सभामुख पूर्णवहादुर घर्तीले १५ सदस्यीय विशेष समितिमा सदस्यहरु मनोनयन गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर