• मंगलबार १२-१८-२०७६/Tuesday 03-31-2020/ 05:19 am

दक्षिण कोरियामा मास्क लगाएर विवाह [फोटोफिचर]

एजेन्सी । दक्षिण कोरियाको राजधानी सउलस्थित युनिफिकेशन चर्चमा शुक्रबार नयाँ ६ हजार जोडी विवाह बन्धनमा बाँधिएका छन् । 

समाचार एजेन्सी रोयटर्सका अनुसार, राजधानी उत्तरी सउल ग्याप्येङस्थित चेओङ शिम पिस वर्ल्ड सेन्टरमा विश्वका करिब ३० हजार मानिस सहभागी भएको चर्चले जानकारी दिएको छ । यीमध्ये ६ हजार नयाँ जोडी विवाह गर्ने र अन्य आफ्नो वैवाहिक वर्षगाँठ मनाउन तथा समारोह हेर्न उपस्थित भएका थिए । 

दक्षिण कोरियाली दुलाहा लि नोन सेओक चर्चमा हुने हजारौँको सामुहिक विवाहमा सहभागी हुन निक्कै उत्साहित देखिन्थे । तर, लि र उनकी दुलही नयाँ उत्पति भएको अतिखतरनाक मानिएको कोरोनाभाइरस संक्रमणको खतरा मोल्न चाहेनन् । 

उनीहरु दुवैले आ–आफ्नै सर्जिकल मास्क लिएर आए, बेहुला लिले आफ्नो पहिरनसँग मिल्ने कालो र बेहुलीले सेतो रंगको मास्क । ‘यो पवित्र विवाहमा सहभागी हुन पाउँदा निक्कै खुशी छु,’ ३५ वर्षीया लि भन्छन्, ‘जहिलेबाट कोरोना भाइरस फैलिएको छ, म सावधानिका लागि मास्क लगाउने गर्छु ।’

दक्षिण कोरियामा चर्चमा हुने सामुहिक विवाह निक्कै लोकप्रिय छ, तर कोरोनाभाइरस छिटो गतिमा फैलिरहेको अवस्थामा भने यस्ता थुप्रै सार्वजनिक समारोहहरु स्थगित गरिएका छन् । 

चर्चका अधिकारीहरुले जोडीको शरीरको तापक्रम नाप्ने, मास्क बाड्ने र हातमा सुरक्षित स्प्रे लगाउने जस्ता काम गरेका छन् । यद्यपि, निक्कै कम जोडीले मात्रै मास्क लगाएको देखियो, जुन समारोहलाई चर्चको ‘ट्रु मदर’ हाक जा हान मुनले अवलोकन गरेकी छिन् । तस्विर : एएफपी

 

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

लकडाउनको तेस्रो दिन, पाँच तस्वीरमा काठमाडौं...

  • १३ चैत, २०७६

काठमाडौं । लकडाउनको तेस्रो दिन बिहीबार पनि काठमाडौं उपत्यका सुनसान बनेको छ । तीनकुने, माइतीघर, सुन्धारा, चक्रपथ, कोटेश्वर, बसपार्कजस्ता ठाउँ सुनसान

कोरोना त्रास : पश्चिमी नाकाबाट फर्कने नेपाली ह्वात्तै बढे, मुख्यमन्त्रीद्वारा निरिक्षण [फोटोफिचर]

  • ८ चैत, २०७६

कञ्चनपुर । भारतका विभिन्न शहरहरुमा कोरोना भाइरसको संक्रमण देखिएपछि त्यहाँ रहेका नेपालीहरु स्वदेश फर्किने क्रम ह्वात्तै बढेको छ ।  कञ्चनपुरको

दमकमा धमाधम बन्दैछ प्रधानमन्त्रीको सपना बोकेको भ्यू टावर [फोटोफिचर]

  • १ चैत, २०७६

झापा । ‘बन्छ कि बन्दैन’ भन्ने अन्यौलताकै बिच झापाको दमकमा निर्माणधिन भ्यू टावरको निर्माण कार्यले गति लिएको छ । दमकको भ्यूटावरको काम तीव्र गतिमा