• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

वामदेवको नयाँ माग–‘जनयुद्धमा रगत बगाएका एमाले कार्यकर्ताको पनि लेखाजोखा हुनुपर्छ’ (भिडियोसहित)

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले जनयुद्धको अवधिमा रगत बगाएका ३ सय बढी एमालेका नेता कार्यकर्ताका परिवार र तिनको कामको लेखाजोखा गर्न माग गरेका छन् । 

२५ औं जनयुद्ध दिवसको अवसरमा पार्टी कार्यालय धुम्बाराहीमा आयोजना गरिएको श्रद्धाञ्जली सभामा बोल्दै नेता गौतमले यस्तो बताएका हुन् । 

नेता गौतमले मोअवादी जनयुद्धकै कारण सामन्तवाद परास्त र साम्राज्यवाद कमजोर बनेको दावी गरे । उनले गणतन्त्र स्थापनाका लागि २००७ सालदेखि २०६५ सालसम्म भएको ५८ वर्षको समयमा माओवादीको जनयुद्ध नेपालको मात्र नभइ विश्व इतिहासमा समेत गन्न मिल्ने परिघटना भएको बताए ।

‘आज मैले एउटा नयाँ कुरा यहाँहरु समक्ष राख्न चाहन्छु । हामीले जनयुद्ध दिवस मनाइरहदा यो जनयुद्धको अवधिमा पूर्व एमालेका ३ सय बढी नेता कार्यकर्ताले रगत बगाएका छन् । तिनका परिवार, तिनको कामको पनि त्यसको लेखाजोखा हुनुपर्ने आवश्यक छ,’ उपाध्यक्ष गौतमले भने, ‘हामील जे भोग्नु परेको छ, त्यो पर्नु हुने थिएन । तरपनि हामीले भोग्न बाध्य भएका छौं, त्यसको हामीले सही समाधान निकाल्ने छौ ।’

गौतमले जनयुद्ध र जनआन्दोलनका सहिदहरुलाई सम्मान गर्दै बहुदलीय प्रतिस्पर्धाका आधारमा समाजवाद स्थापनामा लाग्नुपर्ने बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर