• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

स्ववियू चुनाव अनिश्चितकालका लागि स्थगित 

काठमाडौं । आगामी फागुन १४ गतेलाई तोकिएको क्याम्पसहरुको स्वतन्त्र विद्यार्थी युनियन अनिश्चितकालसम्मका लागि स्थगित भएको छ । त्रिभुवन विश्वविद्यालयमा सोमबार बसेको त्रिवि कार्याकारी परिषदको बैठकले अर्को सूचना नहुँदासम्मका लागि चुनाव स्थगित गरेको हो । 

सबै विद्यार्थी एकमत हुन नसक्दा स्ववियू चुनाव स्थगित भएको जनाइएको छ । त्रिविले यसअघि क्याम्पसहरुमा हाल रहेको स्वतन्त्र विद्यार्थी युनियनको कार्यकाल पूरा भएकाले नयाँ स्ववियू चुनाव फागुन १४ गते गर्ने निर्णय गरेको थियो ।

तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले आफूहरुसँग छलफल नगरी मिति तोकेको भन्दै असहमति जनाएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर