• शनिबार १२-२२-२०७६/Saturday 04-04-2020/ 11:14 am

सैनिक मञ्चमा यसरी मनाइयो प्रजातन्त्र दिवस [फोटोफिचर]

काठमाडौँ ।  १०४ वर्षको जहाँनियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७० औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । दिवसको अवसरमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सैनिकमञ्‍च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ ।

 समारोहमा प्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र दिवस २०७५ मूल समारोह समितिका अध्यक्ष केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर राणा, सभामुख अग्निप्रसाद सापकोटालगायत उपस्थित थिए ।

सो अवसरमा नेपाली सेनाको हेलिकोप्टरबाट ७०औँ राष्ट्रिय प्रजातन्त्र दिवस २०७५ अङ्कित ब्यानर प्रदर्शन, पुष्पवृष्टि गरिएको थियो । समारोहमा बेलुन र परेवासमेत उडाइएको थियो ।

समारोहमा राष्ट्रिय गान प्रस्तुत गरिनुका साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्काउटलगायतका सङ्घ संस्थाबाट मार्चपास गरिएको थियो ।

तस्वीर रासस

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

लकडाउनको तेस्रो दिन, पाँच तस्वीरमा काठमाडौं...

  • १३ चैत, २०७६

काठमाडौं । लकडाउनको तेस्रो दिन बिहीबार पनि काठमाडौं उपत्यका सुनसान बनेको छ । तीनकुने, माइतीघर, सुन्धारा, चक्रपथ, कोटेश्वर, बसपार्कजस्ता ठाउँ सुनसान

कोरोना त्रास : पश्चिमी नाकाबाट फर्कने नेपाली ह्वात्तै बढे, मुख्यमन्त्रीद्वारा निरिक्षण [फोटोफिचर]

  • ८ चैत, २०७६

कञ्चनपुर । भारतका विभिन्न शहरहरुमा कोरोना भाइरसको संक्रमण देखिएपछि त्यहाँ रहेका नेपालीहरु स्वदेश फर्किने क्रम ह्वात्तै बढेको छ ।  कञ्चनपुरको

दमकमा धमाधम बन्दैछ प्रधानमन्त्रीको सपना बोकेको भ्यू टावर [फोटोफिचर]

  • १ चैत, २०७६

झापा । ‘बन्छ कि बन्दैन’ भन्ने अन्यौलताकै बिच झापाको दमकमा निर्माणधिन भ्यू टावरको निर्माण कार्यले गति लिएको छ । दमकको भ्यूटावरको काम तीव्र गतिमा