भारतमा कुदिरहेको रेलमा टिकटक भिडियो बनाउन खोज्दा चिप्लियो युवक
एजेन्सी । टिकटक भिडियो बनाउने लत लागेका प्रयोगकर्ताले भाइरल भिडियो बनाउन कस्ता र कति जोखिमपूर्ण कदम उठाउछन् भन्ने टिकटिकमा थाहा पाउन सकिन्छ ।
भिडियो बनाउने क्रममा भारतमा एक युवाले जोखिम मोले । एक्त भिडियो भारतका रेलमन्त्री पियूष गोयलले ट्विटरमा सेयर गरेका छन् ।
उक्त भिडियोमा एक युवक कुदिरहेको रेलको ढोकामा स्टन्ट गरिरहेका बेला चिप्लिएर खस्छ र उसको टाउको रेलको पटरीमा आएर बच्न पुग्छ ।
यो भिडियो सेयर गर्दै रेलमन्त्री गोयलले लेखका छन्, ‘कुदिरहेको रेलमा स्टन्ट देखाउनु बहादुरी हुँदैहोइन, मूर्खताको निशानी हो । तपाईको जीवन अमूल्य छ, यसलाई खतरामा नपार्नुहोस् । नियमको पालना गर्नुहोस् र सुरक्षित यात्राको आनन्द लिनुहोस् ।’
रेलमन्त्रीले सेयर गरेको उक्त भिडियो सामाजिक सञ्जालमा भारइरल भइसकेको छ । भिडियोलाई ५ हजार पटक रिट्विट गरिएको छ भने १४ हजारले लाइक गरेका छन् ।
भिडियोमा एक युवक एउटा खुट्टा उचालेर रेलको ढोकामा झ्ण्डिरहेको देखिन्छ, त्यही बेला उसको हातले रेल छोड्छ र पटरीमा खस्छ । यद्यपि, उक्त युवक सकुशल रहेको देख्न सकिन्छ ।
चलती ट्रेन में स्टंट दिखाना बहादुरी नही, मूर्खता की निशानी है। आपका जीवन अमूल्य है, इसे खतरे में ना डालें।
— Piyush Goyal Office (@PiyushGoyalOffc) February 18, 2020
नियमों का पालन करें, और सुरक्षित यात्रा का आनंद लें। pic.twitter.com/tauidfOqRj
प्रतिकृया दिनुहोस