• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

मानवसेवा आश्रममा मन्त्री दुलालको जन्मदिन : आफैंले खाना पस्कँदै खुवाए, वृद्धवृद्धासँगैै केक काटे

वृद्धवृद्धाहरुसँग टिकासहित आशिर्वाद

काठमाडौं । वागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल ‘शरद’ ले आफ्नो जन्मदिन मानवसेवा आश्रममा मनाएका छन् । प्रदेश राजधानी हेटौंडास्थित मानवसेवा आश्रममा आश्रीतहरुलाई खाना खुवाएर उनले आफ्नो जन्मदिन मनाएका हुन् । 

उनले आश्रममा रहेका वृद्धविद्धाहरुसँग बसेर केक काटेर काटे । साथै, आफैंले पस्केर खाना पनि खुवाए । आफूले जन्मदिन कसरी मनाउनपर्छ भन्ने सन्देशस्वरुप फरक तरिकाले जन्मदिन मनाएको उनको भनाई छ । 

वागमती प्रदेशभरीमा खुल्ला आकासमुनी कष्टकर जिवन वेतीन गर्नुनपरोस भनेर सरकारले काम गरिरहेको समेत उनले त्यहाँ बताए । उनले मानव अधिकारको अनुभुती दिलाउनका लागि आफु लाग्ने प्र्रतिवद्धता वृद्धहरुको माझ गरे । 

उनले आश्रीत वृद्धवृद्धाहरुसँग टिकासहित आशिर्वाद समेत लिएका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर