• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

इजरायल र सिरियाबीच मिसाइल हानाहान

एजेन्सी ।  इजरायलले सिरियाको राजधानी दमास्कस नजिकै इस्लामिक जिहाद सशस्त्र समूहमाथि हवाइ आक्रमण गरेको जनाएको छ । तर सिरियाले भने त्यसको प्रतिवाद गर्दै मिसाइल आक्रमणमा आफूहरुलाई सफलता मिलेको दावी गरेको छ ।

पछिल्लो समय यी दुई देश इजरायल र सिरियाबीच तनाव बढ्दै गएको छ । दुवै देशका सैन्य अधिकारीहरुले हवाइ कारवाहीमा आफूले ठूलो सफलता हात पारेको बताएका छन् । दक्षिण इजरायलले गाजापट्टीमा हवाइ हमलामा २० वटा मिसाइल प्रहार गरेको जनाएको छ । तर कसैको पनि हताहती नभएको समाचार एजेन्सीहरुले जनाएका छन् ।

इजरायली सेनाले गाजापट्टीमा हवाइ हमला गरेर दक्षिणी दमास्कसमा इस्लामिक जिहाद आतंकवादी संगठनका क्याम्प नियन्त्रणमा लिएको भन्दै विज्ञप्ती जारी गरेको छ । त्यसलगत्तै दुवै पक्षबीच स्थानीय समयअनुसार रातभर दोहोरो आक्रमण भएको समाचारमा जनाइएको छ ।

सिरियन मानवअधिकारवादी संस्थाले दवै पक्षले अन्तर्राष्ट्रिय विमानस्थल नजिकै हमला गरेको जनाएको छ । सिरियाली समाचार संस्था सानाका अनुसार दुवै पक्षले प्रहार गरेका मिसाइल लक्ष्मा पुग्नुअघि नै गोली हानी नष्ट गरिएको थियो ।

सन् २०११ मा सिरियाको द्वन्द्व सुरु भएदेखि इजरायलले हिजबुल्लाह लडाकूलाई निशाना बनाएर सिरियामा सयौं आक्रमण गरिसकेको समाचारमा जनाइएको छ । यसैबीच दुई देशबीच तनाव बढ्दै गएपछि सर्वसाधारण बिस्थापित हुन थालेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर