• शनिबार १२-१५-२०७६/Saturday 03-28-2020/ 02:11 pm

कोरियामा रहेका नेपालीको स्वास्थ्य सुरक्षामा कांग्रेसको चासो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरियामा रहेका नेपालीको ‘कोरोना भाइरस कोबिड १९ को सङ्क्रमणबाट सुरक्षामा उच्च सर्तकताका लागि नेपाली जनसम्पर्क समिति र कोरियामा रहेका अन्य नेपाली सङ्घसंस्थालाई आपसी आवश्यक समन्वय गर्न अपिल गरेका छन् ।

उनले सोमबार नेपाली जनसम्पर्क समितिका अध्यक्षलाई एक पत्र पठाई सम्पूर्ण नेपालीको सुरक्षामा उच्च सर्तकताका साथ आपसी भाइचारा अभिवृद्धि गर्दै यस्तो घडीमा एकताबद्ध ढङ्गले समन्वय गर्न अपिल गरेका हुन् ।

कोरोना भाइरस ९कोबिड १९० को सङ्क्रमणले अहिले विश्वका कयौँ मुलुक प्रभावित रहेका छन् । केही दिनयता दक्षिण कोरियासमेतमा कोरोना भाइरसबाट सयौँ सङ्क्रमित भएका र केहिको मृत्युसमेत भइसकेको विवरण सञ्चारमाध्यममार्फत थाहा पाउँदा त्यहाँ रहेका समस्त नेपालीको सुरक्षा संंवेदनशीलताप्रति आफ्नो चासो बढेको उनले उल्लेख गरेका छन् ।

“नेपाल सरकार र नेपाली दूतावासमार्फत हुनसक्ने आवश्यक सजगता बारे हामी घच्घच्याइ रहेका छौँ, विशेष गरी सङ्क्रमण फैलिएको थेगु शहरमा रहेका नेपालीलाई तत्कालै युद्धस्तरमा सतर्क गराउन तथा कोरियाको अन्य शहरमा पनि विभिन्न पेशा र व्यवसायमा संलग्न, अध्ययनरत विद्यार्थी एवम् श्रममा संलग्न सम्पूर्ण नेपाली बीच आवश्यक सम्पर्क, सूचना सम्प्रेषण र सतर्कताका लागि अपिल गर्दछु” सभापति देउवाले पत्रमा उल्लेख गरेका छन् ।

यस क्षणमा नेपाली जनसम्पर्क समितिको भूमिका अझ बढी प्रभावकारी रहनु पर्ने अपेक्षा राख्दै उनले कोरियामा रहेका दर्जनौँ नेपाली सङ्घसंस्थालाई आपसी भाइचारा अभिवृद्धि गर्दै यस्तो घडीमा एकतापूर्वक कार्य गर्न आग्रह गरे । रासस 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कोरोनाका संक्रमित भेटिएको भन्दै अफवाह फैलाउने दमकका युवा प्रहरी नियन्त्रणमा

  • १५ चैत, २०७६

झापा । कोरोना भाइरससम्बन्धी अफवाह फैलाएको आरोपमा झापास्थित दमकका एक व्यक्तिलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।  कोरोना भाइरसका बिरामी फेला पर्याे

छुट्लान् त चार्ल्स शोभराज !

  • १५ चैत, २०७६

काठमाडाैँ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको उच्च जोखिममा रहेका कैदी बन्दीलाई रिहा गर्ने सरकारी निर्णय अनुसार

मेडिकल सामग्री लिन वाइडबडी ग्वाङ्जाओ उड्दै

  • १५ चैत, २०७६

 काठमाडौं । छिमेकी मुलुक चीनबाट मेडिकलजन्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज आज मध्याह्न