• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

खप्तड गोल्डकपको क्वाटरफाइनल समिकरण पुरा

धनगढी । नेपाल आईस सुदूरपश्चिम अन्तराष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाइनल समिकरण पुरा भएको छ।  धनगढी रंगशालामा सोमबार भएको खेलसँगै क्वाटरफाइनल समिकरण पुरा भएको हो। गोल्डकपको चौथो दिन सोमबार भएको खेलमा गोर्खा ब्वाइज रुपन्देही आफ्नै जिल्लाको सुनौलो संगम युवा क्लबलाई टाईव्रेकरमा हराउँदै अन्तिम आठमा पुगेको छ । 

सुदूरपश्चिम–११ स्पोर्टस क्लबको आयोजनामा भइरहेको सर्वाधिक धनराशिको गोल्डकप अन्तरगत सोमबार भएको खेलमा गोर्खा ब्वाइजले सुनौलो संगमलाई टाईव्रेकरमा ५–३ ले हरायो।  निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो। टाइब्रेकरमा गोर्खाले सफलता हात पा¥यो। टाइब्रेकरमा गोर्खा ब्वाइजका हरि कठायत, अनिष तामाङ, रन्दिप पौडेल, निशान न्यौपाने र उत्तम गुरुङले पेनाल्टीमा गोल गरे। 

टाइब्रेकरमा गोर्खा ब्वाइजका गोलरक्षक मनोज गुरुङ नायक बने। उनले सुनौलोका कप्तान मोहन थापाको पेनाल्टी बचाए। सुनौलोका लागि रन्जित थापा, अजित थापा, शंकर राईले गोल गरे। खेलको म्यान अफ द म्याच गोर्खा ब्वाइजका गोलरक्षक मनोज गुरुङ चुनिए। उनले १० हजार नगदसहित ट्रफि प्राप्त गरे।


अब गोर्खा ब्वाइजले सेमिफाइनल प्रवेशका लागि हिमालयन शेर्पा क्लबको सामना गर्नेछ। यसअघि भएका खेलमा जित हात पार्दै विभागीय टिम एपिएफ क्लब, भारतको कंचनजंघा एफसी र नव जन जागृती क्वाटरफाइनलमा पुगिसकेका छन्। यस्तै आयोजक सुदूरपश्चिम–११, साविक विजेता नेपाल पुलिस, थ्री स्टार र हिमालयन शेर्पा क्लब भने वाई पाएर सिधै क्वाटरफाइनलमा पुगेको हो। मंगलबारदेखि प्रतियोगितामा क्वाटरफाईनलका खेलहरु सुरु हुनेछन्। मंगलवार हुने पहिलो क्वाटरफाइनलमा आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लब र कंचनजंघा एफसी भारतबीच खेल हुनेछ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर