• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

कलंकीमा एउटै ट्रकले १० ओटा सवारीलाई ठक्कर दियो, एकको मृत्यु

काठमाडौं । काठमाण्डौको कलङ्कीमा मालवाहक ट्रकले १० वटा सवारीसाधनलाई ठक्कर दिएको छ । सोमबार साँझ ना ६ ख २८७१ नम्बरको ट्रकले अनियन्त्रीत भएर ठक्कर दिँदा चितवनको टाँडी बस्ने समशेर गुरुङको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । गुरुङको ट्रमा सेन्टरमा उपचारका क्रममा ज्यान गएको हो ।

दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । उनीहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घाइतेहरुको अवस्था गम्भीर रहेको कलंकी प्रहरीले बतायो । ट्रकमा च्यापिएका चालकको पनि अवस्था गंभिर रहेको छ ।

कलङ्कीबाट थानकोट जाने सडकखण्डमा मालवाहक ट्रकले स्करपियो, भ्यान, स्कुटरलगायतलाई ठक्कर दिएको हो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर