सुनको भाउ कति घट्यो ?

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको भाउ घटेको छ । यसअघि लगातार रुपमा बढेको सुनको भाग मंगलबार तोलामा तीन सय रुपैयाले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले मङ्गलबार तोलाको ८० हजार रुपैयाँमा कारोवार भइरहेको जनाएको छ ।

सोमबार एकैदिन तोलामा १५ सय रुपैयाँ बढेर सुनको भाउ अहिलेसम्मकै महँगो अर्थात् तोलाको ८० हजार तीन सय रुपैयाँ पुगेको थियो । मङ्गलबार चाँदीको भाउ भने घटबढ भएको छैन । चाँदी तोलाको नौ सय २५ रुपैयाँमा नै कारोबार भइरहेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर