• शनिबार १२-१५-२०७६/Saturday 03-28-2020/ 02:19 pm

शिक्षामा निजी र सरकारी क्षेत्रको लगानी आवश्यक छ : मन्त्री त्रिपाठी

परासी । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदेयश त्रिपाठीले शिक्षामा निजी र सरकारी क्षेत्रको लगानी आवश्यक रहेको बताएका छन् । शिक्षा र स्वास्थ्यको विषयमा नेपालका राजनीतिक दलहरुबीच कुनै विवाद नरहेको उनले बताए । 

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–२ चिसापानीस्थित दिव्यज्योति माध्यमिक विद्यालयको ४३औँ वार्षिकोत्सव तथा अभिभावक दिवसमा मन्त्री त्रिपाठीले भने, ‘संविधानले नै व्यवस्था गरेकोले निजी र सरकारी लगानीमा शिक्षालाई अगाडि बढाउनुपर्दछ ।’ मन्त्री त्रिपाठीले मावि तहसम्मको शिक्षा व्यवस्थापन गर्ने अधिकार स्थानीय तहलाई भएकोले स्थानीय तह चनाखो हुनुपर्नेमा जोड दिए ।

उनले भने, ‘तीन तहका सरकारको प्रणालीमा गइसकेपछि दुविधाका बीच अघि बढिरहनुपरेको स्थितिमा नेपालको अर्थतन्त्र, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रहरुमा प्रभाव परेको छ, स्थानीय तहले पनि आफ्नो अधिकारप्रति चनाखो हुनुपर्ने अवस्था छ ।’

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कोरोनाका संक्रमित भेटिएको भन्दै अफवाह फैलाउने दमकका युवा प्रहरी नियन्त्रणमा

  • १५ चैत, २०७६

झापा । कोरोना भाइरससम्बन्धी अफवाह फैलाएको आरोपमा झापास्थित दमकका एक व्यक्तिलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।  कोरोना भाइरसका बिरामी फेला पर्याे

छुट्लान् त चार्ल्स शोभराज !

  • १५ चैत, २०७६

काठमाडाैँ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको उच्च जोखिममा रहेका कैदी बन्दीलाई रिहा गर्ने सरकारी निर्णय अनुसार

मेडिकल सामग्री लिन वाइडबडी ग्वाङ्जाओ उड्दै

  • १५ चैत, २०७६

 काठमाडौं । छिमेकी मुलुक चीनबाट मेडिकलजन्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज आज मध्याह्न