• २०८२ असार २१ शनिबार
  • Saturday, 5 July, 2025

चिकित्सकहरुले दादागिरी गरे प्रतिकार गर्ने खड्काको चेतावनी 

काठमाडौं । नेपाल जनस्वास्थ्य संघका सचिव तथा हेल्थ असिस्टेन्ट संघ नेपालका वरिष्ठ उपाध्यक्ष दिपेन्द्र खड्काले नवनियुक्त्त स्वास्थ्य सेवा बिभागका निमित्त महानिर्देशक महेन्द्र श्रेष्ठको नियुक्तिको बिषयमा अनावश्यक बखडा निकाले प्रतिकार गर्ने बताएका छन् । 
 
स्वास्थ सेवाका जुनसुकै समुहका विशिष्ट श्रेणीका कर्मचारी निमित्त निर्देशक, निर्देशक वा सचिब बन्न पाउने स्वास्थ सेवा ऐनमा प्रष्ट हुँदा हुँदै बिबाद गर्न आवश्यक नरहेको बताएका छ्न् ।

विद्यमान स्वास्थ्य तथा निजामती सेवा ऐनले स्वास्थ्य सेवाको सबै विधाको वरिष्ठ स्वास्थ्यकर्मीहरुको पद सोपान अनुसार नेतृत्वदायी पदमा जान पाउने प्रावधान राखेको  छ । यस सन्दर्भमा चिकित्सक भन्दा चार गुणा बढी अन्य समुहका स्वास्थ्य  कर्मीहरु माथिको भेदभाव सह्य नहुने सचिव खड्काले वताए ।

स्वास्थ्य सेवा ऐन २०५५ ले प्राविधिक, व्यवस्थापकीय तथा संचार सीप भएका वरिष्ठ स्वास्थ्य व्यवसायी मध्येबाट स्वास्थ्य सेवा विभागको महानिर्देशक पद कानूनी रुपमा सम्पूर्ण विधाका स्वास्थ्य व्यवसायीहरुलाई खुला गरेको छ । 

नेपाल चिकित्सक संघले बिज्ञप्ति मार्फत गैरचिकित्सकलाई स्वास्थ्य सेवा विभागको महानिर्देशकमा नियुक्त गरिनु उपयुक्त नहुने भन्दै विज्ञप्ति निकालेको थियो । नेपाल चिकित्सक संघलाई उक्त बिज्ञप्ति समयमा नै सच्याई सम्पूर्ण विधाका स्वास्थ्य व्यावसायीहरुको अस्तित्वको सम्मान गर्न खड्काले आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर