• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

इटालियन सिरी ए–आइतबारको खेल दर्शकबिना बन्द रंगशालामा खेलाइने

इटालियन सिरी ए अन्तर्गत आइतबार हुने पाँच खेल दर्शकबिना बन्द रंगशालामा खेलिने भएको छ ।

कोरोना भाइरसको फैलावटको कारण लिगको पाँच खेल बन्द रंगशालामा खेलिने भएको हो । आइतबार हुने लिग लिडर युभेन्ट्स र इन्टर मिलनबीचको खेल पनि बन्द रंगशालामा हुनेछ ।

त्यस्तै उडिनेस र फियोरेन्टिना, एसी मिलन र जिओणा, पर्मा र स्पाल तथा सासोउलो र ब्रेसिकाबीचको खेल बन्द रंगशालामा हुनेछ । त्यसअघि शनिबार हुने चार खेल भने दर्शकसहितको रंगशालामा हुनेछ ।

कोरोना भाइरसको कारण युरोपा लिगको अन्तिम ३२ अन्तर्गत बिहिबार राति इन्टर मिलानले लुडोगोरेट्सविरुद्धको घरेलु खेल पनि दर्शकबिना खेल्दैछ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर