अब कुनैपनि प्रहरीले तनाबका कारण जागिर छाड्नु पर्दैन : मन्त्री कार्की

झापा । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकार यातायात तथा ट्राफिक व्यवस्थापनको कामलाई प्राथमिकतामा राखेर अघि बढेको बताएका छन् ।

झापाको दमक –६ स्थित दमक बसपार्क भित्र निर्माण गरिएको दमक बसपार्क एकीकृत काउण्टरको आज विधिवत उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । बसपार्क परिसरमा निर्माण गरिएको आधुनिक टर्मिनल भवन भित्र बसपार्क काउण्टरको प्रदश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले उद्घाटन गरेका छन् ।

दमक नगरपालिका यातायात तथा ट्राफिक व्यवस्थापन समितिले गरेको कार्यक्रममा प्रमुख अतिथी मन्त्री कार्कीले प्रदेश सरकार यातायात तथा ट्राफिक व्यवस्थापनको कामलाई प्राथमिकतामा राखेर अघि बढेको बताउदै उनले सडक सुशासनका निम्ति आवश्यक ऐन कानुनहरु निर्माणलाई सरकारले प्राथमिकता दिएको उल्लेख गरे ।

प्रदेश १ अन्तर्गत दमकको ताराबारी, इलाम र झापाको सिमाना किटेनी लगायतका ठाउँहरुमा यातायात चालकहरुका लागि रिफ्रेसमेन्ट सेन्टर स्थापना गरिएको बताउँदै मन्त्री कार्कीले प्रदेश सरकारले ल्याएको सडक सुशासनको नीतिको संघीय सरकारले समेत अनुशरण गरेको दाबी गरे ।

उनले प्रहरीको जागिरमा आकर्षण घट्दो रहेका कारण पर्याप्त जनशक्ति व्यवस्थापन हुन नसकेकाले छिट्टै प्रदेश प्रहरी ऐन ल्याएर प्रहरी जनशक्ति बन्दोबस्ती गर्ने तयारीमा प्रदेश सरकार रहेको बताए ।

उद्घाटन कार्यक्रममा नेकपा नेता एवम् संविधान सभा सदस्य दिपक कार्कीले मुलुकमा स्थिर सरकारको आवश्यकता महसुस भएरनै जनताले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउने म्याण्डेड दिएको स्मरण गराउँदै नेकपा भित्रको आन्तरिक कारणनै सरकारलाई अस्थिर बनाउने खेल शुरु हुनु दुखद भएको बताए ।

कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, नेपाली कांग्रेसका महासमिति सदस्य शेर बहादुर भट्टराई, ट्राफिक प्रहरी उपरीक्षक भिम दाहाल, दमक ६ का वडाध्यक्ष टेक बहादुर थापा, यातायात व्यवसायी हुकुमसिंह नेपाली लगायतले पनि आफ्ना धारणा राखेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर