आफ्नो पति हुन भन्दै प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अदालतमा मुद्दा दर्ता

काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अंश मुद्दा दायर भएको छ । दोलखाकी बालिका खड्काले राई आफ्नो पति भएको भन्दै अंश मुद्दा दायर गरेकी हुन् ।

उनले काठमाडौं जिल्ला अदालतमा ‘नाता कायम गरी अंश दिलाई पाऊँ’ भनि मुद्दा दायर गरेका हुन् । मुद्दामा खड्काले आफूलाई मुख्यमन्त्री राईले शारीरिक यातना दिएको तथा यौन दुर्व्यवहार गरी घरेलु हिंसा गरेको आरोप लगाएकी छिन् । 

खड्काले दायर गरेको मुद्दामा आफूलाई सञ्चार मन्त्री भएका बखत राईले राजधानीको गोल्फुटारमा कोठा लिई राखेको उल्लेख गरेकी छिन् ।

साथै आफू राईसँग ७१ सालदेखि सँगै रहेको बताएकी छिन् । राईविरूद्ध मुद्दा दर्ता भएको काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार आनन्दराज श्रेष्ठले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर