• शनिबार १२-१५-२०७६/Saturday 03-28-2020/ 02:07 pm

सिमकोट क्षेत्र दुई दिनदेखि अन्धकार

सिमकोट। हुम्ला सदरमुकाम सिमकोटसहित आसपासका क्षेत्र दुई दिनदेखि अन्धकारमय बनेको छ । सिमकोट र खार्पुनाथ गाउँपाालिकालाई सेवा दिँदै आएको हिल्दुम वितरण केन्द्रको चरम लापरवाहीले सदरमुकाम सिमकोट सहितका गाउँ अन्धकार बनेका छन् । 

वितरण केन्द्रको खोलामा रहेको पावर हाउस भवन पछाडिको पेन स्टक पाइप फुट्दा दुई गाउँपालिकाका एक हजार ८०० घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् । गत भदौको २० देखि असोज १० गतेसम्म गरी २० दिन बन्द भएर नयाँ मर्मत गरिएको विद्युत् फेरि अवरुद्ध बनेको हो । ठेकेदार र कार्यालय प्रमुखको चरम लापरवाहीले यी दुई गाउँपालिकाका सेवाग्राहीले सास्ती खेप्नुपर्ने सिमकोट–२ निवासी धनराशि बोहराले बताए ।

बिहीबार बिहान पावर हाउस पछाडि रहेको पेन स्टक पाइप फुट्दा सिमकोट र खार्पुनाथका सेवाग्राही अन्धकारमा बस्न बाध्य हुनुपरेको उनले जानकारी दिए । दुई दिनदेखि विद्युत् अवरुद्ध हुँदा चैत पहिलो साता एसइई परीक्षामा सहभागी हुने परीक्षार्थीलाई समेत पठनपाठनमा समस्या भएको छ । दुई महिना एसइईको ट्युशन लिए तापनि परीक्षा नजीक आउने समयमा विद्युत् अवरुद्ध हुँदा रातिको समयमा अध्ययन गर्न समस्या बनाएको हुम्ला मावि रायाबाट एसइई दिने सिमकोटमा परीक्षाको तयारी गरिरहेका सीता रावले गुनासो गरे ।

यस्तै रलिङ्ग मावि बरगाउँबाट एसइई परिक्षा दिने विशाल भण्डारीले विद्युत् अवरुद्ध हुँदा आफूहरुलाई निकै समस्या बनाएको बताए । विद्युत् अवरुद्ध हुँदा सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीलाई काम गर्न प्रत्यक्ष समस्या पारेको छ । जिल्लामा सञ्चालित दुई वडा सामुदायिक रेडियोलाई समेत समस्या भएको छ । हिल्दुम वितरण केन्द्र भने कर्मचारीले मर्मत गरिरहेकाले मर्मत भएपछि विद्युत् सञ्चालनमा आउने जनाइएको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कोरोनाका संक्रमित भेटिएको भन्दै अफवाह फैलाउने दमकका युवा प्रहरी नियन्त्रणमा

  • १५ चैत, २०७६

झापा । कोरोना भाइरससम्बन्धी अफवाह फैलाएको आरोपमा झापास्थित दमकका एक व्यक्तिलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।  कोरोना भाइरसका बिरामी फेला पर्याे

छुट्लान् त चार्ल्स शोभराज !

  • १५ चैत, २०७६

काठमाडाैँ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको उच्च जोखिममा रहेका कैदी बन्दीलाई रिहा गर्ने सरकारी निर्णय अनुसार

मेडिकल सामग्री लिन वाइडबडी ग्वाङ्जाओ उड्दै

  • १५ चैत, २०७६

 काठमाडौं । छिमेकी मुलुक चीनबाट मेडिकलजन्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज आज मध्याह्न