• शनिबार १२-२२-२०७६/Saturday 04-04-2020/ 11:36 am

भीमफेदीमा चट्याङ लागेर एकको मृत्यु, एक घाइते

हेटौँडा ।  मकवानपुरको भीमफेदीमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । भीमफेदी गाउँपालिकाको च्याउखोला भन्ने ठाउँमा चट्याङ लागेर स्थानीय २३ वर्षीय विजय स्याङ्तानको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उनकी २२ वर्षीया श्रीमती सविना स्याङ्तान उपचार भइरहेको छ । 

जिल्लाको पहाडी क्षेत्रमा अत्यधिक मात्रामा चट्याङका घटना हुने गर्दछ । सरकारी तथा गैह्र सरकारी निकायको चेतना मुलक कार्यक्रम एवम् चट्याङ प्रतिरोधी उपकरण जडानका कारण पछिल्ला वर्षमा चट्याङबाट हुने मृत्युदरमा कमी आएको भएतापनि चट्याङका कारण मानवीय तथा अन्य क्षति हुने जिल्लामध्ये मकवानपुर अग्रपङ्क्तिमै रहेको पाइन्छ । चट्याङका कारण यस जिल्लामा एक वर्षमा ५०/६० जनासम्मको मृत्यु हुने गरेको तथ्याङ्क छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कञ्चनपुरमा कोरोना संक्रिमतको मृत्यु भएको अफवाह फैलाउने युवक पक्राउ

  • २२ चैत, २०७६

कञ्चनपुर । कोरोना भाइरस (कोभिड–१९) बारे सामाजिक सञ्जालमा अफवाह फैलाउने कञ्चनपुरका एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक

पोखरा महानगरको राहत कोषमा प्याब्सनको पाँच लाख

  • २२ चैत, २०७६

चिप्लेढुङ्गा ।  पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा निजी विद्यालयको छाता संस्था प्याब्सन कास्कीले रु पाँच लाख सहयोग गरेको छ । प्याब्सन

जाजरकोटका अधिकांश औषधि पसल बन्दः घण्टौँ हिँडेर औषधि किन्न बाध्य

  • २२ चैत, २०७६

जाजरकोट  । अत्यावश्यक सेवाअन्तर्गत निजी अस्पताल र औषधि पसल पनि पर्छन् । तर लकडाउनको अवसर पारेर यहाँका अधिकांश औषधि पसल बन्द भएका छन् । कोरोना भाइरस