• मंगलबार १२-१८-२०७६/Tuesday 03-31-2020/ 05:07 am

च्याउको सुकुटी, अचार र धुलोको माग धेरै

दाङ ।पहिले घरमै खानका लागि च्याउ खेती गर्दै आउनुभएकी धनमाया बुढाले अहिले व्यावसायिकरुपमा च्याउ खेती गरिरहनुभएको छ । च्याउ खेतीबाट पर्याप्त आम्दानी गर्न सकिने भएपछि उहाँ आकर्षित हुनुभएको हो । काँचो च्याउ बिक्री नहुने समयमा अचार, सुकुटी र च्याउको धुलो बनाउने गरेको उहाँले बताए ।

“लामो समयसम्म राख्न सकिने भएकाले अहिले बजारमा धुलो, सुकुटी र अचारको माग धेरै नै छ, माग धान्नै सकिएको छैन”, बुढाले भनिन् । च्याउको बजार देखेपछि बुढाले आफ्नै लगानीमा घोराही उपमहानगरपालिका–१६ झिगौरामा ‘जलजला च्याउ प्रशोधन केन्द्र’ समेत स्थापना गर्नुभएको छ । रु एक करोड सात लाखको लगानीमा स्थापना गरिएको सो केन्द्रमा च्याउको सुकुटी, अचार र धुलो बनाएर बजारमा बिक्री गर्ने गरिएको छ । “च्याउ व्यवसायबाट पर्याप्त आम्दानी गर्न सकिन्छ, च्याउका विभिन्न परिकार बनाएर बिक्री गर्दा अझै फाइदा हुन्छ”, उनले भनिन् । बजारमा च्याउको माग बढ्दै गएको छ । 

उत्पादन र बजारीकरण गर्न सके च्याउबाट मनग्य आम्दानी गर्न सकिने उनको भनाइ छ । घरमा खानका लागि बनाइएको च्याउ कहिलेकाहीँ बिक्री गर्दा ग्राहक नियमितरुपमा सोध्न आउने गरेपछि व्यावसायिक खेती गर्न थालेको उाले बताइन्  । “च्याउको अचार र सुकुटी बजारको मागअनुसार पु¥याउन सकेका छैनौँ”, बुढाले भनिन् । व्यवसायमा फाइदा देखेपछि बुढाले आफ्नो व्यवसायलाई विस्तार गर्दै लग्नुभएको छ । 
    
घोराही–१४ की कमला देउजा एक दशकदेखि च्याउ उत्पादनमा क्रियाशील रहनुभएको छ । च्याउको बजार राम्रो देखेपछि उहाँ पनि च्याउ खेतीतर्फ आकर्षित हुनुभएको हो । अहिले देउजाले आफ्नै च्याउ उत्पादन केन्द्र तथा महिला जागरण कृषि समूहमार्फत उत्पादन र बिक्री गरिरहनुभएको छ  । “गत वर्ष चार सय किलो च्याउ बिक्री ग¥यौँ, च्याउको अचार र सुकुटीसमेत बेच्दै आएका छौँ”, उहाँले भन्नुभयो । अचार र सुकुटी खरिद गर्न उपभोक्ता घरमै आउन थालेका छन् । उहाँले सामूहिकरुपमा रु सात लाखको लगानीमा उक्त व्यवसाय शुरु गर्नुभएको हो । दाङमा उत्पादन भएको च्याउ रुकुम, रोल्पा, प्यूठान र सल्यानमा समेत बिक्री गरिँदै आएको छ । 

 कृषि ज्ञान केन्द्र दाङका शाखा अधिकृत भरतमणि पोखे्रलका अनुसार जिल्लामा च्याउको उत्पादनमा वृद्धि हुँदै गएको छ । “च्याउको बीउ र मलमा व्यवसायीलाई अनुदानको व्यवस्था गरेका छौ” पोखरेलले भने  । जिल्लामा रहेका स्थानीय तहले पनि च्याउ खेतीका लागि तालीम तथा बीउ निःशुल्क वितरण गरेका कारण कतै एकल त कतै सामूहिक च्याउ खेती भइरहेको उहाँले बताउनुभयो । जिल्लामा अधिकांश कृषकले दूधे च्याउ, गोब्रे र सीताकी च्याउ उत्पादन गर्र्ने गरेका छन् । जिल्लामा हाल ४० मेट्रिक टन च्याउ उत्पादन भइरहेको कृषि ज्ञान केन्द्र दाङका अधिकृत पोख्रेलले जानकारी दिए । घोराहीमा मात्रै पाँच कृषि समूहले च्याउ उत्पादन गर्दै आएका छन् । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कोरोना पछिको अर्थराजनीति : ‘लोक कल्याणकारी राज्य’

  • १७ चैत, २०७६

कोरोना भाइरस (कोभिड–१९)को महामारीबाट शक्तिशाली राष्ट्र मानिने अमेरिका, युरोप, भारतलगायत सबै आक्रान्त बनेका छन् । आधा विश्व लकडाउनमा छ । तर, कोरोनाको

के अब कोरोना भाइरसले ट्रम्पको कुर्सी नै खाइदिन्छ ? 

  • १५ चैत, २०७६

वासिंटन । अमेरिकामा अचानक बेरोजगारको संख्या बढेको छ । यहाँ ३० लाखभन्दा बढी मानिस आफूलाई बेरोजगारको रुपमा पञ्जिकृत गरेका छन् । अचानक आएको यो

लकडाउनमा ज्याला मजदूरी गर्नेलाई सकस

  • १५ चैत, २०७६

 मार्तडी  । दुनी हाट बजारका व्यापारी हंस सिंहको पसलका लागि चामल आयो ।  सिंह ट्रकबाट सामान पसलमा खसाल्ने मजदूरको खोजी गर्दै थिए । सोही समयमा तीन