प्रदेश पाँचका मुख्यमन्त्रीद्धारा कोरोनाबाट जोगिन विशेष सचेतना अपनाउन आग्रह

बुटवल । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले विश्वभर गम्भीर संकटको रुपमा देखा परेको कोरोना भाइरस विरुद्ध उच्च सर्तकता अपनाउन प्रदेशका बासिन्दालाई आग्रह गरेका छन । उनले  आम जनताको हितलाई ध्यानमा राखेर स्वस्थ्यसग सम्वन्धित विषयमा सरकारले दिएका निर्देशनहरु कार्यान्वयन गर्नु जिम्मेवार नागरीकको दायित्व भएको पनि बताए ।

कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गरी प्रदेश सरकारले धेरै मानिस जम्मा हुने खालका मेला महोत्सव नगर्न गरेको निर्देशन पूर्ण रुपमा कार्यान्वयन नभएको भन्दै मुख्यमन्त्री पोखरेलले आम जनताको हितलाई ध्यानमा राखेर दिइएका त्यस्ता निर्देशनहरु सबैले पालना गर्नुपर्ने कुरामा जोड दिए ।
प्रदेश नं ५ को प्रदेश सभा बैठकमा बिहीवार विशेष सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले चीन सरकारको निर्देशन त्यहाँका जनताले पालना गरेकै कारण चीन कोरोना भाइरस नियन्त्रण उन्मुख भएको उदाहरण दिए ।

बालबालिका,बृद्ध बृद्धा र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरुमा कोरोना संक्रमणको बढि जोखिम रहेको भन्दै मुख्यमन्त्री पोखरेलले बृद्ध बृद्धाहरुलाई तिर्थाटनको कार्यक्रम समेत केही समय बन्द गर्न आग्रह समेत गरे ।

पुर्ब सतर्कतानै संक्रमणको जोखिमबाट बच्ने उपाय भएको भन्दै उनले प्रदेशमा कोरोना संक्रमण हुनबाट जोगाउन र संक्रमण भइहाले त्यसको उपचारको व्यवस्था मिलाएको सदनलाई जानकारी गराए ।

प्रदेश सभाको चालु अधिवेशनबाट प्रदेशको नामाकरण र स्थायी मुकाम तोकिने भन्दै उनले राजधानीको बिषयमा साझा धारणा बनाउनेतर्फ प्रदेश सभा सदस्यहरुलाई आग्रह गरे ।

तीन वटा आञ्चलिक मनोविज्ञानलाई एउटै मनोविज्ञानमा जोडे्नुपर्ने प्रदेशसभाको दायित्व भएको भन्दै मुख्यमन्त्री पोखरेलले राप्ती र भेरीले लुम्बिनी तथा लुम्बिनीले राप्ती र भेरीको मनोविज्ञानलाई बुझेर राजधानीको नामाकरण र स्थायी मुकाम तोक्नुपर्ने अहिलेको आवस्यकता रहेको बताए ।

प्रदेश सभाको अर्को बैठक आगामि चैत्र ४ गते दिउसो १ बजे बस्नेगरी स्थगित भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर